१४ आश्विन २०८३, बुधबार

संसद् विघटनविरुद्ध नागरिक अगुवाले डम्फू बजाएर बिरोध प्रदर्शन

एसीपी संवाददाता

१३ पुष २०७७, सोमबार १२:५७ मा प्रकाशित

संसद् विघटनविरुद्ध नागरिक अगुवाले डम्फू बजाएर खबरदारी गरेका छन्।

समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको हो । उनीहरुले तामाङको बाजा डम्फू र एकतारे बजाउँदै र नाच्‍दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेका हुन।

बृहत् नागरिक आन्दोलन समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै यसअघि शंख बजाएर नागरिक खबरदारी गरेका थिए । कार्यक्रममा सचेतक बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियो ।  जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सिमित उपलब्धि पनि गुम्ने खतरा देखिएको उनीहरुको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x