११ आश्विन २०८३, आईतवार

सरकारले नदेखेको चीनको नाकावन्दी ; डाक्टरको आँखामा कसरी पर्‍यो ?

एसीपी संवाददाता

२० माघ २०७८, बिहीबार ०४:१३ मा प्रकाशित

प्रधानमन्त्रीको यही प्रयासका कारण यतिवेला सत्ता गठबन्धनमा सम्वन्ध चिसिएको छ। सत्ता सहयात्री दलले साथ नदिए एमालेको साथ लिएर भएपछि एमसीसी टेवुल गर्ने प्रयासमा देउवा लागेपछि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल विच्किएका छन् ।

५०० मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा हस्ताक्षर भएको थियो । यो परियोजना अमेरिकाले अघि सारेको इण्डो–प्यासिफिक स्ट्राट्जी (आईपीएस) को अङ्ग भएका कारण नेपाल स्वतः अमेरिकी सैनिक गठबन्धनमा सामेल हुने, देशको सार्वभौमसत्तामा आँच आउने र असंलग्न परराष्ट्र नीतिको बर्खिलाप हुने भन्दै संसद्बाट अनुमोदन गर्न नहुने आवाज उठिरहेका वेला सत्तारुढ दल माओवादी र नेकपा एसले पनि यसमा परिमार्जनको माग गरेका छन् ।

छिटपुट रुपमा एमसीसीको विरोधमा प्रदर्शन पनि नभएका होईनन। अर्कोतर्फ नेपालमा एमसीसी पास गर्न नदिने अडानमा छिमेकी राष्ट्र चीन दिलोज्यानले लागेको छ। आफनो स्वार्थ अनुकुल नेपालले काम नगरिरहेको झ्वाँकमा चीनले नेपालमाथि अघोषि नाकावन्दी समेत गरिरहेको छ। नेपालका ब्यापारीले चीनको यो नाकावन्दी कारण अनावश्यक सास्ती पाईरहेका छन् । तर, चीनले यो नाकावन्दीलाई कोरोना संक्रमणको आवरणमा लुकाएको छ। कोरोना फैलने वहाना वनाएर रसुवा र तातोपानी नाका थप्प पारेको छ।

यो विषयमा सरकार र यसका निकाय तै चुप मै चुपको अवस्थामा छन् । यही विषयमा ब्यंग्य गर्दै बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. रामेश कोइरालाले एउटा ट्वीट गरेका छन् ।सामाजिक सञ्जालमा सकृया रहने गरेको डा. कोईरालाले चीनको अघोषित नाकावन्दी र अ‍ेमेरिकी सहयोग एमसीसीका विषयमा एकै पटक नेता र नागरिक सवैलाई ब्यंग्य गरेका छन् ।

‘चीनको अघोषित नाकाबन्दीबारे थाहा नपाएजस्तो गर्दै बजारमा चाररूप्पे गोटामा पाइने जाबो पाँचलाख सिरिन्जधरी इजराइलसँग भिख थाप्ने अनि भारतले नौ अर्ब भिख दिनेमा मख्ख हुने देशका जनता फेरी उत्तिनैखेर अमेरिकालाई हामीलाई साठी अर्ब दान चाहिन्न, हामी आफैँ सक्षम छौँ भन्दिन्छन् र पो उदेक लाग्छ।’– उनले लेखेका छन् ।

सामान्य कुरामा पनि भिख माग्दै हिड्ने तर विकास निर्माणका लागि अमेरिकाले दिन लागेको अनुदानमा राष्ट्रवाद छाँटेको विषयमा उनको ट्वीट केन्द्रित छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x