१३ असार २०८३, शनिबार

सहकारी संघ-संस्थाहरुमा सुशासन-जिवानन्द ढुंगाना

एसीपी संवाददाता

७ माघ २०७७, बुधबार ०५:०६ मा प्रकाशित

जिवानन्द ढुंगाना (M.A,BB.S,LL.B)

१. सुशासन (good governance) के हो ?

अर्थमा सुशासन भनेको असल शासन हो त्यस्तै
 उत्तम किसिमको शासन व्यवस्थातथा उत्तमराज्य व्यवस्था÷ असल शासन व्यवस्था
 प्रशासनिक अधिकारको समुचित प्रयोग
 शासन गर्ने व्यवस्थित र उत्तम तरिका
 सक्षम,निश्पक्ष,उत्पादनशिल,मितव्ययी,छरितो,जनमुखि,चुस्तर उत्तरदायी प्रशासन
 राजनैतिक दृष्टिकोणले प्रजातान्त्रिक शासन व्यवस्था
 आर्थिकदृष्टिकोणले खुला तथा प्रतिस्पर्धामा आधारित उदारीकरण अर्थव्यवस्था
 प्रशासनिक दृष्टिकोणले जनउत्तरदायि प्रशासन संयन्त्र
 प्रक्रियागत रुपमा सरलीकरण
 व्यवस्थापकिय दृष्टिकोणले नतिजामुखि व्यवस्थापन

            

सुशासन को सन्दर्भमा विभिन्न विद्धानहरु र विभिन्न अन्तर्राष्टिय संघ संस्था, र अन्र्तराष्टिय स्तरका प्रिितवेदनहरुले विभिन्न परिभाषा र व्याख्या गरेको पाईन्छ तरपनि समष्टिमा सुशासन भनेको मुलुकको शासकिय पद्धतिमा उच्च कार्यान्वयनकर्ताहरु,राजनीति,प्रशासन,निजी क्षेत्र,नागरिक समाज र संचार जगतले आफ्नो कार्य सम्पादनमा पारदर्शिता,अनुमान योग्यता ,नतिजामुखि व्यवस्थापन,सहभागिता र उत्तरदायित्व लाई सक्रियपुर्वक निर्वाहगर्ने भुमिका नै सुशासन हो।
सुशासन भनेको प्रत्यक्ष देखिने चीज वस्तुु होईन । यसलाई अनुुभुति गर्नुपर्ने कुरा हो ।मुलुकमा,समाजमा,गाँउ वा शहरमा जब सर्वसाधारण नागरिकबाट सुरक्षा,शान्ति र प्रगतिको अनुभुति हुन थाल्छ, सेवाग्राही जनताले सेवाग्राही संस्था र निकायबाट सेवाकाम वा विकासको उच्चतम सन्तुष्टि प्राप्त गर्दछन् अनिमात्र सुशासन भएको महशुस हुन्छ ।
३.सहकारी संघ÷संस्थामा सुशासन
देशको विभिन्न क्षेत्रहरु जस्तै आर्थिक,सामाजिक राजनैतिक,सांस्कृतिक,प्राविधिक,भौतिक पुर्वाधार आदिमा जस्तै सहकारी क्षेत्रको विकास र विस्तार,प्रवर्धन र सुध्रिकरण्को लागि पनि शुशासनको भावना र मर्मलाई सदैव आत्मसाथ गर्नु पर्ने हुन्छ । सहकारी संघसंस्थामा सुशासन भनेको सहकारी क्षेत्रसंग सम्बन्धित सरकारी र सहकारी संस्थाहरुलेसहकारीका सर्वमान्य सिद्धान्त,मुल्य र मान्यतालाई आत्मसाथ गर्दै प्रचलित ऐन नियम र मापदण्डबमोजिम जवाफदेहिता,पारदर्शिता,प्रजातान्त्रिक आचरण सहकारी संस्थाहरु बीच स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता सदस्यहरुको समान सहभागीता,आत्मनिर्भरता, आत्म सम्मानपुर्वक कार्य गर्नु नै हो ।
सहकारी संघसंस्थामा आवश्यक पर्ने ५ वटा कुराहरु भनेकोसुशासन,पारदर्शिता,जवाफदेहिता,प्रजातन्त्र र जोखिम नियन्त्रण नै हो । त्यसैले यी ५ बटा कुराहरुलाई सहकारी संस्थाहरुले सदैव ख्याल राख्नु पर्ने हुन्छ । सहकारी संघसंस्थामा सुशासन भन्ने वित्तिकै शेयर सदस्यहरुको व्यवसायिक कारोवार चुस्त र पारदर्शि हुनु पर्ने कुरालाई पटक्कै विर्सनु हुदैन ।सहकारी संघ संस्थामा सुशासन भनेकोसहकारीको उद्देश्य एवंम् सहकारीका सदस्य र सदस्य सेवागा्रहीले प्राप्त गरेका सेवा सुबिधा र उनीहरुले गरेका उद्यमशील व्यवसायिक कारोबार उपर निरन्तर दृष्टि पुर्याउनु हो ।सहकारी संघसंस्थाले आफै शेयर पुजिलाई लगानी गर्ने आफै कारोवार र संस्थाको समग्र व्यवस्थापन गर्ने र अन्तमा आफै उपभोग गर्ने जस्ता कुराहरु नै भएका व्यवसायिक सुशासनका सुन्दर पक्षहरु (Beautiness) हुन् । यसलाई अत्यन्त कुशलता पुर्वक सहकारी संस्थाहरुले ध्यान दिनुपर्दछ । सहकारी संघ÷संस्थाहरुले आफ्नो संघ÷संस्थामा सुशासन कायम गर्न देहायका कुराहरुमा ध्यान दिनुपर्दछ ।
१.सहकारी सम्बन्धी विद्यमान ऐन नियम मापदण्ड,विनियम र निर्देशिकाको पुर्ण पालना
सहकारी संघ संस्थाहरुले प्रचलित सहकारी सम्बन्धि नियम, कानून, मापदण्ड र आफ्नो विनियम र निर्देशिकाको पूर्ण पालना गर्नुपर्ने हुन्छ । नियमहरुको पालनाको स्तरलाई अभिबृद्धि गर्नको लागि एउटा छुट्टै सयन्त्रको निर्माण गर्नुपर्ने हुन्छ ।
२. आन्तरिक नियन्त्रण र बाह्य परिक्षण
आन्तरिक नियन्त्रणको लागि सहकारी संघ संस्थाहरुमा कतै सुपरिवेक्षण समिति र कतै लेखा समितिले भूमिका निर्वाह गरिरहेका हुन्छन । आन्तरिक नियन्त्रण प्रणालीले सहकारी संघ सस्थाहरुको सवलीकरणमा जोड दिएको हुन्छ । जसमा उपलब्ध मानविय जनशक्तिको विकास (तालिम, सेमिनार र पशिक्षण) को पाटो महत्वपूर्ण हुन्छ र संगठनबाट हुन सक्ने गल्तिलाई रचनात्मक सुधार गरी बाह्रय परिक्षणमा देखिन सक्ने सम्भाव्य गल्तिको न्यूनिकरणमा जोड दिएको हुन्छ । बाह्रय परिक्षणमा संगठनले गरेको समग्र कार्यसम्पादनको बारेमा विस्तृत अध्ययन गरिने हुन्छ । जसमा अन्तिम लेखापरिक्षण र नियामक निकाय र तालूक निकायले समग्र संगठन र संगठनले गर्ने आर्थिक कारोबारको चुस्तता, नियमितता, कार्यदक्षता र प्रभावकारिताको बारेमा अध्ययन गरिने हुन्छ ।यसरी बाह्रय परिक्षणबाट औल्याइएका सुझावलाई पालना गर्नु बाध्यकारी हुन्छ ।
३. सहभागीतात्मकयोजना तर्जुमां
सुशासनको मूल मर्म भनेको नै अनुकरणीय कुशल कार्यसम्पादन हो । आफ्नो कार्यसम्पादनलाई अनुमानयोेग्य बनाउनको लागि संगठनले आगामी कार्यहरुको बारेमा योजनाबद्ध तरिकाले अगाडी बढ्नु पर्ने हुन्छ । जसको लागि सहकारी संघ संस्थाहरुले ३ बर्षको रणनैतिक योजना सो अन्तर्गत कार्ययोजना निर्माण गर्नुपर्ने हुन्छ । रणनैतिक योजना संगठनको आन्तरिक र बाह्रय बाताबरणको अध्ययन गरी तयार गरिने भएकोले पनि यसको कार्यान्वयन पश्चात संगठनको उद्देश्य हासिल गर्न सहज हुन्छ । साथै सहकारीमा उत्तराधिकारी योजना पनि बनाउनु पर्ने हुन्छ जस अनुसार सदस्यहरुको नेतृत्व विकासमा जोड दिनुपर्ने हुन्छ ।
४. जोखिम व्यवस्थापन
संगठनको भविष्यमा निम्तन सक्ने जोखिमको उचित व्यवस्थापनको लागि संगठनले प्रचलित कानूनी व्यवस्थाको पूर्ण पालना गरिनु पर्दछ । जोखिम व्यवस्थापनको लागि विभिन्न कोषको व्यवस्था गरिएको हुन्छ । यसरी वित्तिय कारोबार गर्ने सहकारी संघ संस्थाहरुले निक्षेपको सुरक्षण र वीमाको व्यवस्था गरी सहकारीका सदस्यहरुले ल्याएको परिश्रमको कमाइको सुरक्षाको प्रत्याभूति दिनुपर्ने हुन्छ । यसरी सम्भावित जोखिम न्यूनिकरणको लागि जोखिम व्यवस्थापनका उपकरणको उपयोग गरी सरोकारवालावर्गको विश्वास आर्जन मार्फत संगठनको साख अभिवृद्धिमा जोड दिनु पर्ने हुन्छ ।
५. व्यवस्थापकिय कुशलता
व्यवस्थापनमा चुस्तता, कार्यसम्पादनमा दृढता, पदीय सदाचारिता, सरोकारवालाको सहभागिता र समग्र संगठन प्रति इमान्दारिता सहकारी विकासको लागि सबैभन्दा ठूलो आवश्यकता हो । जसको लागि उपयुक्त लेखा व्यवस्थापन, लेखा समितिको प्रभावकारिता, प्रत्येक कारोबारमा कम्तिमा दुई व्यक्तिको संलग्नता, आवश्यक नीति निर्देशिकाको निर्माण तथा पालना र बलियो आन्तरिक नियन्त्रण पद्दतिको बारेमा व्यवस्थापन पक्षले संस्थागत व्यवस्थाहरु गर्नुपर्दछ ।
६. सदस्यहरुको सेवा
सहकारीको मूल मर्म भनेको नै सदस्यहरुको हित प्रवद्र्धन मार्फत संस्थागत विकास गर्नु हो । संख्यात्मक ,पसिमाणत्मक,समय र लागतको को सिद्धान्त अनुसार सदस्यहरुलाई प्रदान गरिने सेवाको स्तरलाई सुधार गरी सदस्यको हित प्रवद्र्धन गर्न समय र लागत मा न्यूनिकरण गर्दै संख्यात्मक र परिमाणत्मक मा अभिवृद्धि गर्नु पर्ने हुन्छ । सदस्यहरुको गुनासो व्यवस्थापनको लागि उपयुक्त संयन्त्र निर्माण र संस्थाको कार्यप्रक्रियाको जानकारी दिनको लागि वडापत्रको व्यवस्था गरिनुपर्दछ ।
७. व्यवसायिक इमान्दारिता संगठनको व्यवस्थापन र कर्मचारीलाई संगठन प्रति इमान्दार बनाउनु पर्ने हुन्छ । जसको लागि आचार संहिताको निमार्ण गरी पुरस्कार र दण्ड प्रणालीको विकास गरिनु पर्दछ ।
८. पारदर्शिता अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
९. सीप र व्यवस्थापकिय कौशलको विकास
१०. सामाजिक उत्तरदायित्व सहकारीको सातौ सिद्धान्तमा समुदाय प्रति चासो र वातावरण संरक्षण पर्दछ । अहिले निजि क्षेत्रलाई ऋक्च्मार्फत समुदाय प्रति उत्तरदायी रहनुपर्ने अवधारणाको विकास भएको अवस्थामा सहकारी क्षेत्र एक समुदायमार्फत सञ्चालन रहने र सामुहिक क्रियाशिलतामा अगाडी बढ्ने संरचना भएको कारणले सहकारीले आफ्नो विकासलाई अगाडी बढाउदै समुदायमा योगदान मार्फत समुन्नत राज्यको निर्माणमा टेवा पु–याउनु हो ।
११. सहकारीवीचको सहकार्य
११. प्रजातान्त्रिक अभ्यास

४.सहकारी संघसंस्थामासुशासनको सुचकाङ्क ः–(सुशासन लाई मापन कसरी गर्ने)
 शेयर र बचत रकमको सदश्यहरुमा उचित लगानी र त्यसको उपयोग ।
 संरक्षित पूँजि फिर्ता कोषमा कम्तीमा २५प्रतिशत रकम जम्मा ।
 निर्णयमा पारदर्शिता(निर्णयको जानकारी सबै शेयर सदश्यहरुलाई जानकारी गराउने)
 प्रजातान्त्रीक आचरण र नियन्त्रण ।
 गुणस्तरीय बस्तुको उत्पादन र वितरण ।
 नियमित बैठक ।
 नियमित प्रतिवेदन (च्भनगबिच च्भउयचतष्लन)
 लेखा श्रेष्ता हिसाब चुस्त दुरुस्त र पारदर्शि ।
 एकका लागि सबै । सबैका लागि एकको मान्यता ।
 कारोवारको आधारमा शेयर सदस्यहरुलाई लाभ ।
 व्यावहारिक सहकारी शिक्षा उघमशीलता रोजगार मुलक तालिम ।
 व्यवस्थापनमा सदस्यहरुको पुर्ण नियन्त्रण ।
 लैङ्गिक,सामाजिक,जाति राजनैतिक वा धार्मिक भेदभाव विना सदस्यता ।
 सामाजिक,आर्थिक,सांस्कृतिक पुर्वाधारमा चासो ।
 सहकारीसंघ÷संस्था र सहकारी संघ÷संस्थाका पदाधिकारीहरु छवि राम्रो।
 लेखापरिक्षण समयमा गरे नगरेको ।
 सहकारी ऐन नियम, मापदण्ड निर्देशिका,कार्यविधि सहकारी संस्थामा भए नभएको र समयसमयमा अध्ययन गर्ने परिपाटि ।
 सहकारी संघ÷संस्थाको स्वीकृत विनियमको परिपालना ।
 मासिक प्रगती, बार्षिक प्रगति प्रतिवेदन र रिपोर्टिङको स्थिती ।
 नियमित बार्षिक साधारण सभा गरी साधारण सभाको माइन्यूट पठाएको अवस्था ।

६.सहकारी क्षेत्रमा सुशासन कायम गर्न गरिएको संस्थागत एवम् कानुनी व्यवस्था ः–

 सहकारी ऐन २०७४।
 सहकारी नियमावली २०७५ ।
 सहकारी सम्बन्धि मापदण्ड २०६८ ।
 भूमी ब्यबश्था सहकारी तथा गरिबी निवारण मन्त्रालय ।
 सहकारी विभाग ।
 राष्ट्रिय सहकारी विकास बोर्ड
 नेपाल राष्ट्रबैंक ।
 सहकारी विकास बैंक

 सहकारी प्रशिक्षालयहरु
 अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
 राष्ट्रिय सतर्ककता केन्द्र ।
 स्थानीय सहकारी ऐन
 स्थानीय तह
 प््रादेश सहकारी मन्त्रालय
 सहकारी संघ÷संस्थाको विनियम,निर्देशिका ।
 जिल्ला प्रशासन कार्यालय ।
 भ्रष्टाचार नियन्त्रण ऐन २०५९
 सार्वजनिक खरिद ऐन २०६३
 राजश्व अनुसन्धान विभाग
 राष्टिय सहकारी नीति २०६९
 सहकारी संघसंस्था एकिकरण कार्यविधि २०६९
 पदेश सहकारी ऐन ।
 केन्द्रीय सहकारी संघ र बिषयगत केन्द्रीय सहकारी संघबाट पारित केही नीतिहरु

७.सहकारी क्षेत्रमा सुशासन कायम गर्ने सवालमा देखिएका समस्याहरु ः–
 सहकारी संघ÷संस्थाहरुले आफ्ना सबै शेयरसदस्यहरु,सञ्चालक समितिका सदस्यहरुलाई आफ्नो सहकारी संस्थाको उद्देश्य,काम,संस्थाको गतिविधि र समग्र कृयाकलापको जानकारी दिने उद्देश्यले सदस्य सहकारी सदस्य अधिकार वडापत्र नराख्नु ।
 सहकारी संघ÷संस्थाका सदस्यहरुले सहकारी संघ÷संस्थाको अनुगमन नगर्नु ।
 सहकारी लेखाप्रणाली स्पटनहुनु ।
 अधिकांस सहकारी संस्थाहरुमा व्यावसायिक योजना नहनु
 विचौलिया समुहको मूल्यमा कीसानले आफ्नो उत्पादन बिक्री गर्न बाध्य हुनु

 अधिकांश सहकारी संस्थाहरुको कार्य दक्षता र व्यवस्थापकिय क्षमता कमजोर हुनु ।
 प्रयाप्त तालिम (लेखाङ्गकन,लेखापालन,व्यवस्थापन,नेतृत्व विकास,सहकारी सुचना शिक्षा,सहकारी आधारभुत तालिम) को कमी
 पारदर्शिताको अभावः–सहकारी संस्थामा केहि जान्ने बुझ्ने सिमित सदस्यहरुको मात्र हालीमुहाली भएको पनि पाईन्छ । धेरै जस्तो शेयर सदश्यहरु लाई सहकारी संस्थाको आर्थिक र अन्य कृयाकलापको वारेमा जानकारी पनि हुदैन र जानकारी राख्ने चासो पनि राख्ने गरेको पाईदैन ।
 सहकारी सम्बन्धी ऐन,नियम र मापदण्डआदिको वारेमा सहकारीकर्मिहरुलाई चेतना जगाउन सकिएको छैन र सहकारी संघ÷संस्थाहरुका अधिकांश सदस्यहरुलाई सहकारी सम्बन्धि ऐन नियम र मापदण्डको बारेमा जानकारी समेत छैन । जसले गर्दा सहकारी संघ÷संस्थाहरुमा सुशासनको समस्या देखापर्नेभएको छ ।
 सहकारी सिद्धान्त ऐन नियम र विनियम पालनामा उदासिनता ।
 सहकारी संघ÷संस्थाहरुको प्रभावकारी अनुगमन तथा निरीक्षणमा श्रोत र साधनको कमिले गर्दा कठिनाई ।
 पुराना सहकारी संघ÷संस्थाहरुका सम्पति तथा दायित्व फरफारकमा समस्या ।
 सहकारी क्षेत्रमा गैर सदस्यहरु संग कारोवार सञ्चालन र अपारदर्शि कारोवार ।
 सिमित क्षेत्र र अल्पकालीन योजनाको स्वार्थका लागि सहकारी संस्थाहरु दर्ता गर्ने चाँप बढ्नु ।
 सहकारी ऐन,नियम र निर्देशिका ज्ञान नहुनु,जनशक्तिको कमि,उत्प्रेरणाको कमि,श्रोत र साधनको कमि ।
 कतिपय सहकारी संस्थाहरुले सहकारीका मुल्य मान्यता र सिद्धान्तहरुलाई ख्यालै नगरी दान थाप्ने,अनुदान माग्ने,सहयोग थाप्ने,जस्ता संस्थामा परिणत हुदैजाने स्थिति पनि देखिन थालेको छ ।
 कतिपय सहकारी संस्थाहरुको पँुजि परिचालन सहकारी संस्थाका शेयर सदस्यहरुको हित विपरित सहकारीका मुल्य मान्यता र सिद्धान्त विपरित अनुपादक र गैर सहकारी क्षेत्रमा गएको छ ,जस्तै ः जग्गा प्लटिङ,घर जग्गा सुन चादीको कारोवार आदि।
 सहकारीको लेखापरिक्षण गर्ने कतिपय लेखापरिक्षकहरुको योग्यता र दक्षता कमजोर हुनु ।
 सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुको सुनिश्चत भविष्य नहुनु र आकर्षण नहुनु
 कर्जाको सदुपयोगमा कमी
 सहकारी संघ÷संस्थाको आन्तरिक सुशासन कमजोर हुनु
 स्थानिय तहले योजना तर्जुमा तथा बजेट विनियोजनमा सहकारीलाई प्राथमिकतामा नराख्नु
 सहकारी शिक्षा तथा तालिमलाई व्यापक तथा व्यवसायिक रुपमा सन्चालन गर्न नसक्नु
८.सहकारी संस्थाहरुमा सुशासन कायम गर्न देखिएका समस्याहरुको समाधान ः–
 सहकारीका सिद्धान्त,मुल्य मान्यता र प्रचलित ऐन नियम र मापदण्ड विनियम निर्देशिकाको पुर्ण पालना गर्नुृ पर्ने ।
 सहकारी शिक्षा चेतना र जागरण तथा तालिममा नया सोचका साथ कार्य गर्न प्रयाप्त जनशक्रि,उत्प्रेरणा, श्रोत साधन र वित्तिय व्यवस्था गरिनु पर्ने ।
 प्रभावकारी अनुगमनका लागी प्रयाप्त श्रोत र साधनको व्यवस्था हुनु पर्ने ।
 एकिकरण हुने खालका सहकारी संस्थाहरुको एकिकरण गरिनु पर्ने ।
 सहकारी कार्यालय र सहकारी संघ÷संस्थाहरुको कार्य प्रगति र कार्यक्रमको होडिङबोर्ड बनाई पारदर्शि गर्नु पर्ने ।
 स्थानिय एफ.एम.रेडियो,पत्रपत्रिकामार्फत,सहकारी सम्बन्धि सुचना सहकारी संघ÷संस्थाहरुको दर्ता प्रकृया र अन्य कुराहरु बारेमा सबैलाई सु–सुचित र जागरण गराउनु पर्ने ।
 एउटै प्रकृतिका सहकारी संस्थाहरुलाईएकिकरण गर्ने कार्यमा प्रोत्साहन गर्नु पर्ने ।
 सहकारी संघ÷संस्थाहरुको भौगोलिक क्षेत्र र संस्थाको हैसियत हेरी बर्गीकरण गर्नुपर्ने
 किसानले ऋण लिएर उत्पादन गरेको उपभोग्य बस्तुले उचित वजार पाउने संयन्त्र निर्माण हुनुपर्ने
 सहकारीलाई युवा पुस्ताको आकर्षणको थलो बनाउने कार्यक्रम हुनुपर्ने
 सहकारी लेखा परिक्षकहरुलाई समय समयमाँ तालिम दिनुपर्ने
 सहकारी संस्थाहरुमा साधारण सभा हुदा अनिवार्य सबै सदस्यहरु उपस्थिती एवम् सहभागी हुने व्यवस्था लाई सहकारी नियमावलीमा संशोधन गरि राख्नुपर्ने
 स्थानीय तहले योजना तर्जुमा तथा बजेट विनीयोजनमा सहकारीलाई प्राथमिकतामा राख्नुपर्ने
 उत्पादनशिल तथा स्वरोजगारमूलक क्षेत्रमा सहकारीको योगदान बढाउन राज्यबाट नै पहल हुनुपर्ने
 अति निष्कृय सहकारी संस्थाहरुको दर्ता खारेजी गर्नुपर्ने
 सहकारी शिक्षा तथा तालिमलाई ब्यापक तथा व्यावसायिक रुपमा सन्चालन गर्न प्रयाप्त श्रोतको व्यवस्था गर्नुपर्ने
 सहकारी संस्थाहरुका छाता संगठनहरु जिल्ला सहकारी संघ र बिषयगत जिल्ला सहकारी संघहरुबाट पनि सहकारी संस्थाहरुको अनुगमन निरीक्षण गरी सुधार गर्नुपर्ने
निश्कर्ष ः
सहकारीको मर्म, आदर्श र उद्देश्य एवंम् सहकारीका सदस्य र सदस्य सेवाग्राहीले प्राप्त गरेका सेवा सुबिधा र उनीहरुले गरेका उद्यमशील व्यवसायिक कारोबार उपर नियमित र निरन्तर अर्थपूर्ण दृटि पुर्याउनु नै सहकारी संघ संस्थामा सुशासन भन्ने बुझिन्छ । सहकारी संघ संस्थाहरुले सहकारी संघ संस्थामा सुशासन कायम राख्न, सहकारीका सार्वभौम मूल्य तथा सिद्धान्तहरुलाई सदैव पालना गर्नुपर्छ । सहकारी संघ÷संस्थाहरुले संस्थामा सुशासन कायम राख्नको लागि सहकारी ऐन, नियम, बिनियम, मापदण्ड, कार्यबिधि र निर्देशिका आदि राख्नुपर्ने र निरन्तर अध्ययन गर्नुपर्दछ र संस्थामा सबै सदस्यहरुलाई समय समयमा जानकारी गराउनुपर्दछ । सहकारी संघ संस्थाले सूचक सहितको आफ्नो बार्र्षिक कार्ययोजना साधारण सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन व्यवस्था गरेमा र सुधार सहितको सूचक सहितका कार्ययोजना बनाई लागु गर्न सकेमा निश्चय नै सहकारी संस्थामा सुशासन कायम भई संस्था प्रति सदस्यहरुको र समुदायको बिश्वास सदैव प्राप्त हुन्छ । ।

)सहकारी प्रशिक्षालय, बाँके (सहकारी बिज्ञ) 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x