२० कार्तिक २०८३, बिहीबार

सहयोगमा प्रदान गरेको कोभिड १९ बिरुद्धको खोप भारतबाट ओमान पुग्यो

एसीपी संवाददाता

१९ माघ २०७७, सोमबार ०८:५३ मा प्रकाशित

एजेन्सी । भारतले खाडी मुलुक ओमानलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट पुगेको छ ।

चीनको बिजिंग सहरमा कोरोना भाइरसको महामारी फेरी फैलिने खतरा,स्र्पी्रग फेस्टेबल नमनाउन आग्रह

डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

भारतका विदेशमन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिएका छन् । ‘भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौं वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,’ विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताए ।

केहि दिन आगाडी मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी संचारमाध्यमहरुलाई जानकारी दिनु भएको थियो । ओमान, संग्गै क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको नरेन्द्र मोदीको भनाई राख्दै केहि आगाडी जानकारी दिएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गर्नु हो । भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मंगोलियालगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ ।

‘यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौं, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोगस्वरुप प्रदान गरिएको छ,’ उनले भने । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताएका छन् । यसैबीच कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण एमएफडीएले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x