१ आश्विन २०८३, बिहीबार

सुकुन्दा बार्षिक पत्रिका बिमोचन हुने

एसीपी संवाददाता

२७ मंसिर २०७९, मंगलवार १४:४२ मा प्रकाशित

 

काठमाडौं ।

नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४२ वर्ष अर्थात् ने।सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ।

रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय इतिहास बोकेको मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपालभाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका धनी बिद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ।

नेपालभाषा अभियान्ताहरुको सक्रियतामा वि।सं। २०७४ सालमा बि।ए। तहमा नेपालभाषा कक्षा पुनः स्थापना पश्चात वि।सं। २०७८ साल कार्तिक २६ गतेदेखि नेपालभाषा इतिहासमा नयाँ इट्टा थप्ने कार्य भएको छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसको सभा हलमा भोलि बुधबार मंसिर २८ गते बुधबार बिहान सात बजे हुने कार्यक्रम हुने भएको छ ।

नेपालभाषा अभियान्ताहरुको सकृयतामा व्यक्तित्व बिकास, शाररिक, मानसिकका लागि अन्तरक्रिया, हाइकिङ, वनभोज, सांकृतिक अवलोकन भ्रमण, शैक्षिक भ्रमण गतिविधिहरु गर्दै लगायत विविध गतिविधिहरू गर्दै आइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x