सत्ता गठबन्धनका नेताहरुको अलमलका बीच कांग्रेस सभापतिसमेत रहेका देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग बालुवाटारमा जेठ ४ गते एकैचरणमा निर्वाचन गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी रौनक सुरु भएको छ । को उम्मेदवार हुने, कसले टिकट पाउने हिसाब किताब हुन थालेको छ । लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएकोले स्थानीय तहको निर्वाचन सफल पार्नु र परिणाममुखी बनाउन कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरुको अनिवार्य दायित्व र जिम्मेवारीबोध गरेका छन् ।
कम्युनिस्टको नेतृत्वमा चुनाव सफल नहुने विगतका उदाहरणका बीच कांग्रेस गर्न लागेको चुनावमा सफल हुनुपर्ने चुनौती पनि छ । यसका लागि आवश्यक तयारी पनि गर्नुपर्ने छ । अहिलेको अवस्था हेर्दा कांग्रेसको तयारी देखिएको छैन । महाधिवेशन लगत्तै संगठन जसरी परिचालन जुन रुपमा हुनपर्ने हो त्यसरी भइरहेको छैन ।
केन्द्रीय पदाधिकारी एबं सदस्यहरूको पनि स्थानीय निर्बाचन तयारी मनस्थिति जागरुक भैसकेको छैन । केन्द्रीय नीति र निर्देशनको अभावमा केन्द्रीय बिषयको रमिता हेरेर स्थानीय पार्टी संरचना बसिरहेको अबस्था छ । कतिपय वडा र पालिकाहरुमा १४ औं अधिबेशनको अस्वस्त प्रतिस्पर्धा को तिक्तता र रिक्तता मेटिइसकेको छैन ।
अब नेपाली कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरुले आत्मालोचना गरेर परिमार्जित हुनु र गराउनु जरुरी छ । यस्तोमा कांग्रेसको पक्षमा नयाँ जागरण ल्याउन मास्टर प्लान बनाएको छ । नेपाली कांग्रेस पार्टीको आधा क्रियाशील सदस्य नयाँ छन् । त्यसैले योजनाबद्ध रूपमा चुनावी कार्यक्रमको तत्कालै थालनी गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस स्थानीय संगठनले जरुरी कार्यक्रम थालनी गर्न लागेका छन् । जसअन्तर्गत जागरण ल्याउने उद्देश्य हुनेछ ।
(१) फागुनको एक महिना नेपाली कांग्रेस पार्टी जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नेछ ।
(२) चैतमा एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक, नीतिगत टिप्सहरू सिकाउने र स्थानीय तह निर्वाचन जागरण अभियान वडा वडामा लैजाने ।