१ आश्विन २०८३, बिहीबार

हरि जमुना स्वतन्त्र पत्रकारीता पुरस्कार पत्रकार आचार्यलाई

एसीपी संवाददाता

१३ आश्विन २०७९, बिहीबार १५:०३ मा प्रकाशित

नेपाल्गन्ज÷ हरि जमुना स्वतन्त्र पत्रकारीता पुरस्कार पत्रकार राम प्रसाद आचार्यलाई प्रदान गरीएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखा मार्फत आफ्नो स्वर्गीय माता पिताको नामबाट स्थापना गरेको हरी जमुना स्मृती अक्षय कोष मार्फत उक्त पुरस्कार प्रदान गरिएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाकेको आयोजनामा सम्पन्न एक विशेष समारोहका बिच पत्रकार आचार्यलाई हरि जमुना स्वतन्त्र पत्रकारीता पुरस्कार प्रदान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले बताए । त्यसैगरी सृजनसिल पत्रकारीता पुस्कार युवा पत्रकार निशु जोशिलाई प्रदान गरीएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल बाके शाखाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष पत्रकार जाशीलाई प्रदान गरिएको हो ।
पुस्कृत पत्रकार द्वयलाई स्वतन्त्र पत्रकार संघका रास्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, रास्ट्रिय उपाध्यक्ष निरज गौतम, बाँके शाखा अध्यक्ष नमस्कार शाह, वष्ठि पत्रकार पुर्णलाल चुके लगायतले नगद रासी रु. ५ हजार १ सय ५१ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा स्वतन्त्र पत्रकार संघ नेपालका रास्ट्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारहरुले महाभारत मा नारद मुनिले भगबान राम र राबण सङ गरेको काम जस्तै कसैको पक्ष र विपक्ष नलिएर सत्य तथ्य खबर आदान प्रदान गर्नु पर्ने बताए । पत्रकारिता क्षेत्रमा भाषगत शुद्धाशुद्धिमा खडेरी परेको बताउदै भाषागत शुद्धता प्रती पत्रकारले विशेष ख्याल गर्नु पर्ने बास्तोलाको भनाइ तियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका रास्ट्रीय उपाध्यक्ष निरज गौतमले कुनै पनि राजनीतिक दलको गुलामी नबनी स्वतन्त्र र निश्पक्ष समाचार लेख्नु पत्रकारको धर्म भएको बताए । वरिष्ठ पत्रकार पुर्णलाल चुकेले अहिले को समयमा कुनै पनि निकायमा स्वतन्त्र ब्यक्ती पाउन मुस्किल भएको अबस्थमा स्वतन्त्र पत्रकार संघले पत्रकारिता जगतमा स्वतन्त्रताको खाँचो रहेको सन्देश दिँदै आएको बताउदै पछिल्लो समय स्वतन्त्रको माहोल बन्दै गएको बताए । स्वतन्त्र पत्रकार संघ बाकेका अध्यक्ष नमस्कार शाहले हामी कुनै संघ सगठन को बिरोधी नभएको बताउदै ढिलो चाडो सबै पत्रकारहरु स्वतन्त्र तिर आबद्ध हुने बताए ।
कार्यक्रममा बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्मा, नेपाल पत्रकार महासघ बाँकेका उपाध्यक्ष करुणा शाह, हरि जमुना स्मृती अक्षय कोषकी सञ्चालक माधवी शाह, स्वतन्त्र पत्रकार संघका पुर्व लम्बिनी प्रदेश संयोजक रमेश सिटौला सञ्चारिका समुह बाँकेकी अध्यक्ष रुपनी जिएम लगायतले बोलेका थिए ।
स्वतन्त्र पत्रकार संघ बाकेका अध्यक्ष नमस्कार शाहले अध्यक्षता गरेको उक्त कार्यक्रममा परस्कारको घोषणा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारीले गरेका थिए । स्वतन्त्र पत्रकार संघकि बाँककी कोषाध्यक्ष मुना बिष्टले स्वगत गरेको कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका सदस्य हेमराज भट्टले सन्चालन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x