१३ मंसिर २०८३, शनिबार

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित ७ दिने प्राथमिक शिक्षा

एसीपी संवाददाता

२१ कार्तिक २०८०, मंगलवार २२:२७ मा प्रकाशित

बाँके जिल्लाको नेपालगञ्जमा हिन्दू स्वयंसेवक संघ नेपालको संस्थामा ७ दिने प्राथमिक शिक्षा कक्षा–२०८०  शुरु भएको छ ।

शारदा आधारभूत विद्यालय, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० अर्दशनगर, नेपालगन्जमा ७ दिने प्राथमिक शिक्षा कक्षा–२०८०  सञ्चालन भएको थियो । कार्यक्रममा बाँके र बर्दिया जिल्लाका विभिन्न विद्यालयका कक्षा ८ देखि स्नातकसम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सुरेश बडु ७ दिने प्राथमिक शिक्षा कक्षा २०८०  का प्रधानाध्यापक हुन् ।  त्यसैगरी प्रशिक्षक हरिओम यादव, धर्मेन्द्र महता, सुजल थापामगर, देवेन्द्र महत, सन्तोष खनाल, प्रवक्ता विपुल दाहाल, शुर्भान चौधरी, अशोक मर्य, अजय मौर्य, हिरालाल मौर्य, दिकेश चौधरी, दीर्घ रावललगायतले ७ दिने प्राथमिक शिक्षा कक्षा सञ्चालन गर्दै आएका छन् । २०८० (शाखा) कार्यक्रम प्रमुख कृष्णादेवी पाण्डेले जानकारी दिनुभएको छ ।  कात्तिक १५ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा बाँके जिल्लाबाट ६३ जना र बर्दिया जिल्लाबाट २९ जना गरी ९२ जनाको सहभागिता रहेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x