२४ कार्तिक २०८२, आईतवार

सोशल मिडिया मार्फत महिलाको अपमान,बेज्जत हुने गरि मैसेज पोष्ट गरेमा कानुनी सजायको भागेदार

एसीपी संवाददाता

१ चैत्र २०७६, शनिबार ०९:१० मा प्रकाशित

अरशद शेष राई / साउदी
साउदी अरबियामा क्राउन प्रिंसले आएपछि बिगत केही समय अगाडि देखि साउदी अरबियाको नियमहरुमा धेरै फेरबदल भएको देखिएको छ ।
साउदी अरबियाले बर्षौ देखि आफ्नो कडा कानुन र नियमको कारणले नै विश्व भरी चिनिएको देश मध्येको एक हो । तर आज भोलि आफ्नो कानुन र नियमको साथ साथै आफ्नो महिलाहरुलाई अगाडी बढाएको कारणले पनि चिनिएको छ ।
साउदी अरबियामा बिगत केही समय देखि महिलाहरुले हरेक क्षेत्रमा अगाडी बढिरहेको कारणले पनि साउदी अरबियाको विश्वमा पनि चर्चा हुन थालेको हो ।
साउदी अरबियामा जब देखि क्राउन प्रिंस बिन सलमानले साउदीको क्राउन प्रिंसको जिम्मेवारी आफ्नो हाथमा लिनुभयो तब देखि साउदी अरबियाको हरेक नियम र रहन-शहनमा पनि ठूलो फेरबदल भएको देखिएको छ ।
बिश्वको इतिहासमा सिनेमा घर नहुने देश मध्ये साउदी अरबिया एकलो देशको रुपमा चिनिएका थिए तर क्राउन प्रिंस बिन सलमानले साउदीको क्राउन प्रिंस भएपछि साउदी अरेबियाको इतिहासमा पहिलो पटक साउदीअरबियाको कैयौ शहर जस्तै जद्दा, रियाद, दम्मान इत्यादि शहरहरुमा सिनेमा घर सुचारू भइसकेका छन ।
बर्षौ देखि साउदी अरबियामा महिलाहरुलाई ड्राइभिङ गर्ने, खेलकुदमा भाग लिन अथवा कुनै पनि संघ-संस्था, कम्पनीमा काम गर्ने साउदी सरकारले अनुमति दिएको थिएन् तर जब देखि क्राउन प्रिंस आए महिलाहरुलाई ड्राइभिङ गर्ने खेलकुदमा भाग लिन अथवा कुनै पनि संघ-संस्था, कम्पनीहरुमा काम गर्ने अनुमति पाए ।
दिलचश्प कुरा के रहेछ भने साउदी अरबियाले जति आफ्नो महिलाहरुलाई अगाडि बढाउनमा मदद्त गरेको छ त्यती नै साउदी अरबियाले आफ्नो महिलाहरुलाको सुरक्षा माथि पनि कडा कानुनी कदम चालेको छ ।
क्राउन प्रिंसको कानुनले यदि साउदी महिला कुनै संघ संस्था अर्थात कम्पनीमा काम गर्छिन भने त्यो कम्पनीको अधिकारी अथवा संगै काम गर्ने स्टापले महिलालाई डिनर अथवा चिया, काँफीको लागि कुरा गर्छ भने त्यसलाई फ्लर्टको नजरले देखिएको कानुन रहेको छ त्यसैले साउदी अरबियामा फ्लर्ट गर्नु एउटा अपराध नै हो जस कारण जो सुकैलाई पनि जेल सजाय हुन बेर छैन ।
साउदी अरेबियामा १९८७ को केन्द्रिय कानुनको धारा तीनको तहत कुनै पनि महिलालाई अपमानजनक शब्द बोल्नु या ब्यावहारिक रुपमा उनीको सम्मानमा ठेस पुग्ने गरि कुनै कार्य गरेको खण्डमा सजायको भागीदार हुनेछ ।
साउदी अरबियामा नयाँ कानुनको तहत यदि कसैले सोशल मीडिया मार्फत कुनै महिलाको अपमान बेज्जत हुने गरि कुनै मैसेज, पोस्ट आदि जस्ता कार्य गर्छ भने त्यो पनि कानुनी सजायको भागेदार हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x