१२ असार २०८३, शुक्रबार

रमजान पर्व नजिकिदै जाँदा नेपालगन्जमा मुस्लिम समुदायका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग

एसीपी संवाददाता

२७ फाल्गुन २०८०, आईतवार २२:५५ मा प्रकाशित

ईस्लाम धर्मावलम्बीहरुको रमजान पर्व नजिकिदै जाँदा नेपालगन्जमा मुस्लिम समुदायका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ।
कतार च्यारिटीको सहयोग र साझेदारीमा शनिवार र आईतवार बाँके युनेस्को क्लबले ३ सय २० घरपरिवारलाई सो सामाग्री बितरण गरेको हो।
शनिवार १ सय ६० तथा आईतवार १ सय ६० गरि कुल ३ सय २० जनालाई खाद्यान्न सामाग्री बितरण गरिएको थियो। उनीहरुलाई लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना र कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्रीले सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए।
मुस्लिम समुदायको केही दिनपछी शुरु हुने रमजानमा रोजा बस्ने अति विपन्न परिवारलाई खानेकुराको अभाव नहोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले बताए । निवर्तमान सहरी विकास मन्त्री केसीले रोजाको मुखमा आएर अतिविपन्न परिवारको छनोट गरेर खाद्यान्न वितरण गर्नु प्रसंशनीय काम भएको बताईन। बाँके बर्दियाका विभिन्न स्थानमा बसोबास गर्ने अति बिपन्न बर्गको उत्थानका लागि युनेस्को क्लबले संचालन गरेको कामको प्रशंसा गर्दै निबर्तमान मन्त्री केसीले आगामी दिनमा थप कार्यक्रमहरु संचालन गर्न आग्रह गरिन।
कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर अल्मर्रीले बाँकेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको धारणा राखे। उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई कतार च्यारिटीले निरन्तरता दिने प्रतिबद्धता जनाए।
वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनी, एक केजी नुन र एक किलो सेवई गरेर ४ हजार २ सय ३८ रुपियाँको सामाग्री रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कतार च्यारिटीका राष्ट्रिय निर्देशक मोहम्मद वकास लगायतले  वितरण गरिएको खाद्यान्नले विपन्न परिवारलाई रमजान मनाउन ठुलो मद्दत पुग्ने बताए। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x