२१ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड नै भ्रष्टाचारमा लिप्त छन् , नैतिकताले के भन्छ ?

एसीपी संवाददाता

२२ चैत्र २०८०, बिहीबार २०:१७ मा प्रकाशित

काठमाडौं –  कुकुल्याण्ड’मा नेपालको टेलिकम भ्रष्टाचारका कुरा आएकोले  र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नाम आउनु भनेको नेपाली जनतालाई ठुलो अघात लागेको छ । प्रचण्डको भ्रष्टाचार बारेमा सविस्तार चर्चा आएको छ  । नेपालमा भएको टेलिकम भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम पनि उल्लेख भएको भेटिन्छ । यो प्रसङले अब नेपाली काङ्ग्रेसलाई थप एउटा् सुनौलो मौका फेला परेको छ । अब प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजिनामा दिएर आफ्नो नैतिकता देखाउने काङ्ग्रेस माङ गर्न सक्छ ।  यो भ्रष्टाचारको विषयमा सत्यतथ्य उजागर ननहुदा सम्मप्रधानमन्त्री बाट राजीनामा माग्ने  काङ्ग्रेसले माङ गर्न सक्छ।

यो पुस्तकमा तत्कालीन माओवादी पार्टी मन्त्रीहरु सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका माओवादी नेता र  माओवादीको शिविर घोटाला काण्ड र माओवादीको आडभरोसामा उदाएका व्यवसायी अजेयराज सुमार्गी, तत्कालीन राजपरिवार र निजी टेलिकम कम्पनी सञ्चालकहरूको प्रसङ्गको व्याख्या गरिएको छ-पुस्तकको मिस्टर एक्सवाई शीर्षक रहेको छ ।  हुन त माओवादी पार्टी न्याय गरेको भए ( नेत्र चन्द बिप्लव ) किन बिद्रोह गर्थे होला ?  माओवादी बिचार बोकेका पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले किन समाजवादीको कुरा शुरु गरे यसको अर्थ हो कम्युनिस्ट पार्टी सत्ताको लागि मात्र हो ।   सर्बहारा जनता जसले क्रान्ति गरेको जसको घर परिवार नाश गराए माओवादी पार्टीका मुख्या प्रचण्ड आज शुख भोगको कुनै मौका बाकी राखेनन । लाल सेना जनमुक्ति सेनाका रूपमा रहेका क्रान्ति गर्ने बिचारा जनताको पैसामा पनि भ्रष्टाचार भएको छ ।

देशमा प्रचण्डको क्रान्ति भनेको आफू प्रधानमन्त्री बन्ने बाहेक कुनै उद्देश्य न रहेको महसुस भएको छ । तीन पटक देशको प्रधानमन्त्री भएका प्रचण्डसँग राजावादीहरूको मिलिमतो रहेका अजेय सुमार्गीको निकटताले यो पनि प्रमाणिात गर्‍यो कि यिनै राजा विरुद्ध आन्दोलन गर्ने र मान्छे मार्ने प्रचण्ड राजावादी सङ मिलोमतो रहेको छ ।  हेलो नेपालको स्थापना, टेलियासोनेराको हेलो नेपालमा भएको लगानी र एनसेल खरिदबिक्री प्रकरणमा उनीहरूको संलग्नता पुस्तकमा देखाइएको छ ।

यो पुस्तकको सत्र खण्डमा लेखिएको किताबको एक खण्ड टेलियासोनेराको सल्लाहकारको रूपमा काम गरेका टेलिकम बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा सुमार्गीले आर्जन गरेको सम्पत्तिको सम्बन्धमा छ । यो भेट् गराउने को हुन कसरी प्रचण्ड सग मिलिमतो भयो ? कति पय भ्रष्टाचार अहिलेसम्म उल्लेख नभएको पनि होला । 

बिचौलिया अमेर्सीले सुमार्गीलाई कसरी बिचौलियाको रूपमा प्रयोग गरेर माओवादी र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावमा पारे भन्ने विषय रोचक ढंगले रिपोर्टिङ शैलीमा प्रस्तुत गरिएको छ । अब यो विषय जनता सामु पनि जाना जरुरी छ । माओवादी बनेर कार्यकर्ताले के पाए र क्रान्ति गर्ने सेनाले के पाए । जो सहिद भए के पाए उनका  परिवार कहाँ छ्न ? । माओवादी पार्टी या पुस्प कमल दाहालले कहिले त्यो परिवार लाई आफ्नो सुखी बनाउने । आफू सिंह दरबार ती जनाताको पिडा बुज्ने हुन । थप भ्रष्टाचारको फाईल आउला ? माओवादी जनयुद्धको १४ हजार भन्दा धेरै जनताको  हत्याको जिम्मेवारी लिने प्रचण्डको खेलोमेलो जनता समछ उजागर हुन थालेको छ । एजेन्सी मार्फत  ।  https://www.amazon.in/Cuckooland-Where-Rich-Own-Truth-ebook/dp/B0CP5J259K

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x