७ कार्तिक २०८१, बुधबार

चिनियाँ नागरिकको अवैध गतिविधिको न्यूनीकरण कसरी हुने ?

एसीपी संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार ११:२८ मा प्रकाशित

जनक बहादुर शाही , काठमाडौं –  नेपालमा जहिले पनि पर्यटन भित्र्याउने योजना बन्छ । त्यस मध्ये चिनियाँ नागरिक पर्यटनका रूपमा धेरै आउने गर्छन् । नेपाल आउने चिनियाँ नागरिक केही लिगल काममा आउने गर्छन् भने केहि अपरधिक गतिविधिमा पक्राउ पर्ने गरेका छ्न । होटेल , रेस्टुरेन्टको लागि ठमेलमा नेपाली नागरिक सग मिलेर ,  रेस्टुरेन्ट चलाउने बहानामा हुण्डी कारोबार , अनलाइन गेम , अनलाइन ठगीमा लागेका हुन्छ्न । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गरे पनि अपराध कसरी रोक्ने भन्ने विषयमा पनि सुरक्षा निकायको ध्यानाकर्षण हुन जरुरी रहेको छ ।

अनलाइन ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परे पनि नेपाल सरकारले यश तर्फ खासै चासो दिएको देखिएको छैन ।  हालै काठमाडौंमा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले श्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर जेल हालेर पनि यो मुद्दाको समाधान अथवा निकास होला जस्तो लाग्दैन ।

फाईल तस्बिर

उनीहरु संग यो रकम कहाँ आयो भन्ने उनीहरु भक्तपुरतर्फ जाँदै गर्दा उनीहरुलाई भक्तपुरको महेश्वरी पेट्रोल पम्प नजिकबाट नियन्त्रणमा लिएर चेक जाँच गर्दा उनीहरुको साथबाट ६९ लाख रुपैयाँ बरामद भएको हो । हरेक बर्ष दर्जनौं  चिनियाँ नागरिक हुण्डी कारोबार ,  अबैध बसाई , र अनलाइन गेम ठगीमा सलग्न हुने गरेका हुन ।

पर्यटक भिसामा आएर ठमेलको होटल नेपाल भुमिमा बसेका उनीहरु अवैध ब्यापारमा संलग्न थिए ।  चिनियाँहरुबाट बरामद भएको रकम प्रकृया पुर्‍याउन राजस्व अनुसन्धान बिभाग पठाइएको प्रहरीले जनाएको छ । नेपालमा हुने चिनियाँ नागरिकको अपराधीक गतिविधिलाई रोक्ने प्रयास नेपाल सरकारले गरेको हो व चिनियाँ दूतावासको दबाव कुनै एक्सन लिन नसकेको हो ।

पासपोर्ट बनाएर आउने चिनियाँ नागरिकको अपरधिक गतिविधिले सर्ब साधारण मर्का पनि परेका हुन । यश सम्बन्धमा नेपाल सरकारले एक्सन लिएर अपरधिक गतिविधिको न्यूनीकरण गर्न आवश्यक रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x