८ कार्तिक २०८१, बिहीबार

भारत १७ बर्ष पछि पुनः टि २० क्रीकेटको बिश्व च्याम्पियन

एसीपी संवाददाता

१७ असार २०८१, आईतवार ००:०७ मा प्रकाशित

एजेन्सी –  भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ ।  बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले पराजित गरेको हो ।  टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।  जवाफमा दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १६९ रन बनाउन सक्यो ।  यो जितसँगै भारतको ११ वर्षको आईसीसी ट्रफी खडेरीको अन्त्य भएको छ ।  भारतले यसअघि सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।  योसँगै भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको छ ।  भारतले सन् २०११ मा एकदिवसीय विश्वकप जितेको थियो ।

भारतले खेलको १७ औं ओभरमा खेलको जित नजिक पुगेको हो ।  १६ ओभरमा दक्षिण अफ्रिकाले चार विकेट गुमाएर १५१ रन बनाएको थियो ।  त्यसपछि मिलर र क्लासेन क्रिजमा थिए।  दक्षिण अफ्रिकालाई अन्तिम २४ बलमा २६ रन आवश्यक थियो ।  यसपछि १७ औं ओभरमा हार्दिकले क्लासेनलाई आउट गरे र चार रन मात्र दिए ।  १८ औं ओभरमा बुमराहले यान्सेनलाई आउट गर्दै दुई रन दिए ।  अर्शदीपले १९ औं ओभरमा चार रन दिए ।  अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई १६ रन चाहिएको थियो ।  हार्दिकले पहिलो बलमै मिलरलाई आउट गरेका थिए ।  दोस्रो बलमा रबाडाले चार रन बनाए ।  तेस्रो बलमा रबाडाले एक रन लिए ।  महाराजले चौथो बलमा एक रन लिए ।  उनको अर्को बल वाइड थियो।  हार्दिकले पाँचौं बलमा रबाडालाई आउट गरे।  अन्तिम बलमा एक रन आयो र भारत सात रनले विजयी भयो । यो बिश्व कपमा भारतले कुनै पनि मैच न हारेर उपाधी जितेको हो । कप्तान रोहित शर्मा फाईनलमा केही

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x