३० बैशाख २०८३, बुधबार

धनगढीमा झुक्याएर ‘क्रिश्चियानिटी’ फैलाउन थालिएपछि उपमहानगरले सोध्यो स्पष्टिकरण

एसीपी संवाददाता

१० श्रावण २०८१, बिहीबार १३:३७ मा प्रकाशित

काठमाडौं। धनगढीमा झुक्याएर क्रिश्चियानिटी फैलाउन थालिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल खोल्ने भन्दै स्थानीय सरकार र प्रशासनलाई झुक्याएर अनुमति लिइ अहिले चर्च स्थापना गरिएको छ।

लेट मेइन धनगढी प्रालि नामक संस्था खोलेर व्यवसाय सञ्चालन गर्ने भन्दै नक्सा पास तथा व्यवसाय दर्ता गरी धनगढी उपमहानगरलाई झुक्याएर चर्च सञ्चालन गरिएको हो। यसरी झुक्याएको पाइएपछि धनगढी उपमहानगरपालिकाले लिखित स्पष्टिकण सोधेको छ।  अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको  विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेश गर्न उपमहानगरले पत्र काटेको हो

यसैगरी, जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको टोलीले अनुगमन गरेको छ। टोली चर्चमै पुगेर प्रशान्त राई भनिएका पास्टर पेम दोर्जी राईसँग कागजात मागेको हो। स्थानीयले भने चर्च सिल गर्नुपर्ने माग राखेका छन्। प्रशासनले आधिकारिक कागज पत्र पेश नगर्दासम्म भवनमा कुनै पनि गतिविधी नगर्न भनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x