३ श्रावण २०८३, आईतवार

सन्दीपविरुद्ध ‘गौशाला–२६’ सर्वोच्चमा नजाने निर्णय, भनिन्– केही संस्था र व्यक्तिले दबाब दिए

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार ०६:२२ मा प्रकाशित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा लगाएकी ‘गौशाला २६’ उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा नजाने निर्णयमा पुगेकी छन्।

उनले महान्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयमा सोही विवरणसहितको निवेदन पेश गरेकी छन्।

सन्दीविरुद्ध जिल्ला अदालतले बलात्कारको फैसला सुनाएको थियो जसलाई उच्च अदालतले उल्टाइदियो।

यसपछि भने गौशाला २६ ले आफूलाई केही व्यक्ति र संस्थाले दबाब दिएर मुद्दा मामिला गर्न लगाएको उल्लेख गर्दै यसको दूरगामी असरबारे आफू बेखबर रहेको पनि जनाएकी छन्।

गौशाला २६ ले दिएको निवेदनमा भनिएको छ,‘ यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए।’

गौशाला २६ को यस्तो निर्णयसँगै अब सन्दीपले बलात्कार अभियोगबाट मुक्ति पाएका छन्। उनी यो मुद्दामामिलामा रहेका छैनन्।

गौशाला २६ को निवेदनमा अगाडि भनिएको छ,‘लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु। मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु। साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ।’

उनले उच्च अदालतको आदेश र त्यसमा लिएका आधारलाई सम्मान गरेको बताउँदै शान्तिपूर्ण जीवन बाँच्ने पनि जनाएकी छन्। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x