२ श्रावण २०८३, शनिबार

महिला एसिया कप २०२४ मा श्रीलंका र भारत बिच फाईनल

एसीपी संवाददाता

१३ श्रावण २०८१, आईतवार १४:०७ मा प्रकाशित

करण  वाडिया , खेल समाचार –  महिला एसिया कप २०२४ मा श्रीलंका र भारत दुवै टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ ।  दुवै टोलीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाईनलमा पुगेका छ्न ।  अब भारतीय महिला क्रिकेट टोली र श्रीलंका बिच फाइनल खेल जुलाई २८ मा डम्बुला अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । 

डम्बुला क्रिकेट रंगशालामा श्रीलंकालाई हराउँदै आठौं पटक उपाधि उचाल्ने लक्ष्यमा भारत छ । गत संस्करणमा पनि भारतले श्रीलंकालाई नै ८ विकेटले हराउँदै उपाधि जितेको थियो । महिला एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट भने यो पाँचौं पटक हो । २००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधी जितेको थियो । त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x