१६ जेष्ठ २०८३, शनिबार

चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीले गरिन् खण्डन

एसीपी संवाददाता

१४ श्रावण २०८१, सोमबार १६:४४ मा प्रकाशित

काठमाडौं।  चिनियाँ राजदूत चेन सङ एकपछि अर्काे विवादित टिप्पणी गर्न थालेका छन्। नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस खोजीको विषयमा सङको टिप्पणी आएको हो।

दुई बसको खोजीकार्यमा भारत र नेपालको संयुक्त टोली परिचालन भएको थियो। भारतीय टोली फर्किसकेको छ भने नेपाली टोलीले खोजी कायमै राखेको छ। तर, भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूली नदीमा शनिबार हराएको थियो। यद्यपि चुम्बक फेला परिसकेको छ।

सङले चुम्बक हराएको समाचारमा टिप्पणी गर्दै ‘चुम्बक खोज्न’ आग्रह गरेका छन्। उनले ‘नागरिक’ दैनिकमा प्रकाशित उक्त समाचारको लिंकमा उक्त कमेन्ट गरेका थिए।

राजदूत चेन सङले थप कमेन्टमा लेखेका छन्, ‘कतिपय व्यक्तिले कमेन्ट गर्नु अनुपयुक्त भनी तर्क गरेका छन्। मेरो जवाफ- कमेन्टमा के गल्ती छ? खोजीकार्य सबै माध्यमद्वारा अगाडि बढाउनु पर्दैन? यदि खोजीकार्यलाई गति दिन चुम्बक चाहियो भने चुम्बक फेला पार्नुपर्छ। एउटा चुम्बक हराउँदैमा किन खोजी कार्य नै अन्त्य भएको मानिसहरु सोच्दै छन्? ‘

चीनले खोजविनमा सहयोग गरेको छैन, बरु राजदूत टिप्पणीमा उत्रिएपछि नेपादमा विरोध भइरहेको छ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त, अधिवक्ता मोहना अन्सारीले ट्वीटर (एक्स) मा कडा प्रतिक्रिया दिँदै लेखिन्, कूटनीतिज्ञद्वारा कस्तो टिप्पणी।’

प्रशासनका अनुसार परी बेपत्ता भएका ३६ यात्रु र दुई बसको खोजी कार्य त्रिशूली नदीको तीव्र बहावका कारण निकै चुनौतीपूर्ण बनेको छ।

चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाव र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि आइतबार स्वदेश फर्किएको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार त्रिशूली नदीको बहाव र टर्बिडिटी सोचेभन्दा धेरै चुनौतीपूर्ण छ। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x