२९ श्रावण २०८३, शुक्रबार

कर्णाली याक्सले तेस्रो खेलमा बल्ल हासिल गरयो पहिलो जीत

एसीपी संवाददाता

२२ मंसिर २०८१, शनिबार १०:३१ मा प्रकाशित

काठमाडौं । कर्णाली याक्सले तेस्रो खेल पछि पहिलो जीत हासिल गरेको छ ।

नेपाल प्रिमियम लिग (एनपीएल) यसअघिका दुई खेलमा पराजित हुन परेको कर्णालीले तेस्रो खेलमा जीत हासिल गरेको हो ।

आजको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गर्दै उसले पहिलो जीत हासिल गरेको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

कर्णाली याक्सका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडेका थिए, उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका कारण पनि उसलाइ जीतमा सहज हुन पुगेको हो । यसअघि भारतका चर्चित खेलाडी शिखर धवनले सर्वाधिक ७२ रन जोडे पनि जीत हासिल गर्न सकेका थिएन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x