३२ असार २०८३, बिहीबार

काठमाडौँको राणालाई हाजिर जमानीमा छाड्न आदेश

एसीपी संवाददाता

६ बैशाख २०८२, शनिबार ०९:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवल शमशेर राणालाई रिहा गर्न प्रहरीले उनको परिवारलाई बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो ।

राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि हिजो रिहा नगरिएको हो । राणा रिहा हुने भनिएपछि शुक्रबार राप्रपाका नेता कार्यकर्ताको परिसरमा भीड लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले राणालाई हाजिर जमानीमा छाड्न लागेको हो ।

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्न लागिएको बताइएको छ । उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्न लागिएको हो ।

राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए । क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x