बाढी-प्रवण देशमा आपत्कालीन शव-भण्डारण योजना किन अगावै तयार थिएन ?
नमस्कार शाह नेपालगन्ज , कार्यकारी निर्देशक बास नेपाल = सबै शव, चितवनमै थुपार्नुपर्ने कुनै बाध्यता थिएन। पोखरा, काठमाडौंको त्रिवि शिक्षण, नुवाकोट, धादिङ र काठमाडौं लगायत अन्य अस्पतालको पूरा क्षमता किन प्रयोग भएन?
स्थानीय तहहरूसँग पनि थोरै-थोरै शव राख्ने ठाउँ हुन्छ; ती जोड्दा सानो संख्या हुँदैनथ्यो। यो सरकार बनेको ५ महिना भैसक्यो पुरानो सरकारको हरिबिजोक बाट पाठ सिकेर पनि बाढी-प्रवण देशमा आपत्कालीन शव-भण्डारण योजना किन अगावै तयार थिएन?
राज्यले चाहेको भए छिमेकी र मित्रराष्ट्रबाट रेफ्रिजरेटिङ कन्टेनर र प्रविधि तुरुन्तै जुटाउन सक्थ्यो । त्यहाँ कयौं विदेशी नागरिकसमेत बगेकाले अन्तर्राष्ट्रिय सहयोग माग्ने ठोस आधार पनि थियो। समय मै सहायो किन मागिएन ?
अनि सबभन्दा महत्त्वपूर्ण प्रश्न ! लास गाड्नुअघि एउटा बहुसांस्कृतिक श्रद्धाञ्जली, सामूहिक मौनधारण र अन्त्येष्टिको न्यूनतम प्रक्रिया पूरा गर्नुपर्थेन ? त्यो न महँगो थियो, न समय लाग्थ्यो।
शब् राख्ने क्षमता नपुगेको होइन । व्यवस्थापन नपुगेको हो । समन्यव गर्नुपर्ने मान्छेहरुले स्ट्ण्दमा रात बिताएपछि आएको स्वाभाविक परिणाम हो। यो लापरवाही र मनपरीवादको अराजकता हो।


