३२ असार २०८३, बिहीबार

एसीपी संवाददाता

२२ जेष्ठ २०८२, बुधबार १९:०४ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालले बाँके जिल्लामा भब्य कार्यक्रम  गरेको छ ।  पार्टीको बाँके जिल्लाको एकताको सन्देशका साथमा प्रथम जिल्ला अधिवेशनले नयाँ समिति चयन गरेको हो ।

उक्त अवसरमा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकताको प्रथम जिल्ला अधिवेशनमा नव निर्वाचित हुने सम्पूर्णलाई शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष यादवले – जुन संघर्षको साथमा यस गणतन्त्रको स्थापना गरिएको छ । त्यसलाई यति सहज रुपमा कसैले समाप्त गर्न सक्दैन । नेपाल सबै धर्म, सबै भाषा, सबै भेषभुष, सबै जातजातिहरुको बसोबास गर्ने साझा थलो रहेको बताउँदै यो सदैव यसैगरी साझा नै रहने बताउनुभयो । आजको आवश्यकता नै एकता रहेको बताउँदै सोही एकता अनुरुप नै हामी अगाडी बढ्न सक्नु पर्नेमा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री यादवले देश भित्र रहेका उद्योग, कलकारखाना लगायत सम्पूर्ण बन्द रहेको बेला कुनै नयाँ उद्योग खुल्न नसकेको अवस्थामा देश आर्थिक रुपमा जर्जर भईसकेको बताउँदै कुनै उत्पादन नहुनु, किसानहरुले समयमा मलखाद्य नपाउनु, भ्रष्टाचार तथा लुटतन्त्रको राज्य रहेको पाईन्छ । आज बनेको सरकारले सुशासन दिने घोषणा गरेको थियो । तर सुशासन त कहाँ छ कहाँ आज जताततै कुशासन बाहेक केही देखिएको आरोप लगाउनुभयो ।

आज नेपालमाथि करीब २७ खर्ब ऋण रहेको छ । देश आर्थिक रुपमा जर्जर रहेको हुँदा विकासको नाममा न्यूनतम बजेट रहेको पाईन्छ भने प्रशासनीक खर्चमा बढी रहेको देख्न सकिन्छ । देश रमिटेन्सबाट चलेको छ । जुन बेला रेमिटेन्स बन्द हुन्छ देश नै धराशाही हुने अवस्था आउने दाबी अध्यक्ष यादवले गर्नुभयो ।

वर्तमान सरकार संविधान संशोधन गर्न बनेको भएपनि हाल के के विषयमा संविधान संशोधन गर्नुछ उनका नेतृत्व गरेकोलाई नै जानकारी नभएको अवस्था छ । सरकार पूर्ण रुपमा असफल भईसकेको छ अध्यक्ष यादवले बताउनुभयो ।

कार्यक्रममा जसपाका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, केन्द्रिय सचिव तथा नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य माननीय अम्बिका काफ्ले, केन्द्रिय सदस्य तब्सुम अन्सारी, रामकुमार यादव, केन्द्रिय सदस्य एवं नरैनापुर पालिका प्रमुख इस्तियाक अहमद शाह लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम जसपा नेपालका बाँके अध्यक्ष कौशलकुमार धोबीको सभाध्यक्षमा सञ्चालन गरिएको थियो भने कार्यक्रम बाँके सचिव सूर्यलाल यादवले गरेका थिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपामा नवप्रवेशीहरुलाई केन्द्रिय अध्यक्ष यादव लगायतले फुलमालाले स्वागत गरेका थिए ।

एकताको प्रथम जिल्ला अधिवेशन आज बुधबार नेपालगन्ज वडा नं. १४ मा रहेको सिटि हलमा सम्पन्न गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x