८ बैशाख २०८३, मंगलवार

नेपाल दुवै अभ्यास खेलमा विजयी, कतार १६ रनले पराजित

एसीपी संवाददाता

२० आश्विन २०८२, सोमबार २०:३५ मा प्रकाशित

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गर्यो ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा रोक्ने क्रममा करण केसीले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।

यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। दीपेन्द्र सिंह ऐरी ३८, आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रनमा आउट भए ।  नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x