२८ बैशाख २०८३, सोमबार

नेपालमा आफ्नो कुटनिती फैलाउदै , एक चीन नीति प्रति सजग रहन नेपाललाई सुझाव

एसीपी संवाददाता

२४ बैशाख २०८३, बिहीबार ०५:५० मा प्रकाशित

काठमाडौं –  नेपालमा कम्युनिस्ट सत्ताधारी पार्टीहरु बिस्थापित हुनुले चीनका नेताहरूलाई समेत पोलेको छ । नेपालमा सत्तामा कम्युनिस्ट सरकार बनाउन चीन अर्बौं खर्च गरेको थियोे तर वामपन्थी एकताको शुरूवात त भयो तर बिस्तारै नेपाली कम्युनिस्ट पार्टी फुटदै गए । 

वर्तमानमा नेपाल सरकार राष्ट्रिय स्वतन्त्र पार्टी को छ जहाँ आफ्नो पकड जमाउन चीनले बिस्तारै आफ्नो लाइन सेट गर्नमा लागेको छ ।

यहि क्रमश महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भएको अनुमान गर्न सकिन्छ ।

मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल र चीनबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । नेपालमा चीनले जहिले पनि आफ्नो देशको समर्थन रहेको कुरा याद गराउने गरेको हो ।

नेपाल जहिले पनि  ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई सामाजिक विकास, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिक सेवा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका क्षेत्रमा विस्तार गर्न सकिने बताए। उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप परिणाममुखी बनाउन मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

भेटमा स्थानीय नेपाली महिलाद्वारा उत्पादित सामग्रीको प्रवर्द्धन तथा बजार पहुँच, नमूना ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना, अपा¬ङ्गता भएका व्यक्तिहरूका लागि विशेष सेवा तथा सहायक सामग्री उपलब्धता गराउनेबारे छलफल भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x