३० आश्विन २०८३, शुक्रबार

चिनमा १० लाख घर अन्धकारमा , विद्युत संकटले ब्यवसाय पनि प्रभावित

एसीपी संवाददाता

१९ आश्विन २०७८, मंगलवार १४:२१ मा प्रकाशित

१९ गते असोज २०७८ मंगलबार ।

“दशौँ लाख घर र व्यवसायलाई प्रभावित बनाएको गम्भीर विद्युत् सङ्कटसँग चीन जुझिरहेको छ।

बिजुली जानु चीनमा त्यति अस्वाभाविक होइन।

तर यो वर्ष कैयौँ कारणहरूले विद्युत् आपूर्तिकर्ताहरूलाई अप्ठेरो पारिरहेको छ।

हिउँद याम आउन लाग्दा सबैभन्दा गम्भीर समस्या चीनको उत्तरपूर्वी औद्योगिक क्षेत्रमा देखिएको छ र यसको असर बाँकी विश्वमा पनि देखा पर्न सक्छ।

चीनमा किन विद्युत् सङ्कट?
विगतमा पनि विद्युत् आपूर्तिमा सन्तुलन मिलाउन चीनले सङ्घर्ष गर्दै आएको थियो जसका कारण कैयौँ प्रान्तहरूमा बिजुली आपूर्ति हुन नसक्ने जोखिम रहेको थियो।

ऊर्जाको माग उच्च हुने गर्मी र हिउँद याममा सबैभन्दा खराब अवस्था हुने गर्छ।

तर यो वर्ष कैयौँ कारणहरूले अवस्थालाई थप गम्भीर बनाएको छ।”

महामारीपछि विश्व खुला हुन लाग्दा चिनियाँ वस्तुहरूको माग बढिरहेको छ।

त्यस्ता वस्तुको उत्पादन गर्ने चिनियाँ उद्योगहरूलाई अझ धेरै बिजुली आवश्यक पर्छ।

बेइजिङले सन् २०६० सम्ममा कार्बन उत्सर्जन कटौती गरिसक्ने प्रयास अघि बढाएसँगै कोइलाको उत्पादन घटेको छ।

ऊर्जाका लागि चीनको आधा भन्दा बढी भूभाग अझै पनि कोइला नै निर्भर रहेको छ।

र विद्युत् माग बढेसँगै कोइलाको मूल्य बढेको छ।

तर सरकारले बिजुलीको महसुलमा कडा नियन्त्रण गरेकाले कोइलाबाट चल्ने ऊर्जा केन्द्रहरू नोक्सानीमा काम गर्न इच्छुक छैनन्।

कतिपयले नाटकीय रूपमा उत्पादन घटाएका छन्।अझै पनि चीन इन्धनका लागि कोइलामा निर्भर छ

कसलाई असर पारिरहेको छ ?

कैयौँ प्रान्त र क्षेत्रहरूमा पालैपालो बिजुली वितरण गरिँदा घर र व्यवसायलाई असर परिरहेको छ।

सरकारी ग्लोबल टाइम्स पत्रिकाका अनुसार दक्षिणका एक र उत्तरपूर्वका तीन वटा प्रान्तमा आपूर्तिमा अवरोध देखा परिरहेको छ।

देशका अरू भागहरूमा पनि बिजुली गइरहेका विवरण आएका छन्।

प्रमुख औद्योगिक क्षेत्रमा रहेका कम्पनीहरूले बढी माग भएको समयमा खपत कम गर्न वा आफूले काम गर्ने दिन घटाउन भनिएको छ।

बढी बिजुली चाहिने स्टिल, सिमेन्ट र मल उद्योगहरू सबैभन्दा नराम्रोसँग प्रभावित भएका छन्।कोइलाबाट चल्ने ऊर्जा उत्पादन केन्द्र

चीनको अर्थतन्त्रमा कस्तो प्रभाव ?

आधिकारिक आँकडाहरूले चिनियाँ उद्योगहरूका गतिविधि सन् २०२१ को सेप्टेम्बरमा यसअघि कोरोनाभाइरसको लकडाउनले अर्थतन्त्रलाई प्रभावित पार्दा सन् २०२० फेब्रुअरीमा प्रभावित भएयताकै सङ्कुचित भएको देखाएको थियो।

विद्युत् आपूर्तिका कारण चिन्ता व्यक्त भएपछि विश्वव्यापी लगानी ब्याङ्कहरूले चीनको आर्थिक वृद्धिको प्रक्षेपणलाई घटाएका छन्।

गोल्डेमन साक्सले चीनको ४४ प्रतिशत औद्योगिक गतिविधि बिजुली जाँदा प्रभावित भएको बताएको छ।

यसअघि उसले यो वर्ष चीनको अर्थतन्त्र ८.२ प्रतिशतले विस्तार हुने बताएको भएपनि अब त्यो ७.८ प्रतिशतमा झर्ने उल्लेख गरेको छ।

पछिल्लो सङ्कटले यो वर्षको खरिद गर्ने याम सकिनुअघि विश्वव्यापी रूपमा नै आपूर्ति प्रणालीलाई असर पु¥याउनेछ।

अर्थतन्त्रहरू खुला भइरहँदा विश्वभरका खुद्रा व्यवसायीहरूले माग अनुसार सामानको आपूर्ति नहुने समस्या खेपिरहेका छन्।
समस्या हल गर्न चीनले के गरिरहेको छ?

चीनको आर्थिक योजना हेर्ने निकाय न्याश्नल डेभलोपमेन्ट एन्ड रिफर्म कमिसनले समस्या समाधानका लागि हिउँद याममा देशको उत्तरपूर्वमा ऊर्जाको आपूर्तिलाई प्रमुख प्राथमिकतामा राख्ने सहितका कदम निर्धारण गरेको छ।

त्यसमा विद्युत् आयोजनाहरूसँग उत्पादन वृद्धि गर्न नजिकबाट काम गर्ने, कोइलाको पूर्ण आपूर्ति गर्ने र पालैपालै बिजुली दिने प्रणालीलाई प्रवर्द्धन गर्ने सहितका कदम छन्।

उत्पादकहरूको प्रतिनिधित्व गर्ने चाइना इलेक्ट्रिसिटि काउन्सिलले कोइलाबाट सञ्चालित ऊर्जा उद्योगहरूले हिउँदको ताप र विद्युत् आपूर्ति सुनिश्चित गर्न हर हालतमा आफ्ना खरिदका माध्यमहरूलाई विस्तार गरिरहेका छन्।

तर कोइला आयात गरिदिने नयाँ माध्यम पत्ता लगाउनु त्यति सहज भने हुने छैन।

रुस अहिले नै युरोपमा रहेका आफ्ना उपभोक्तामा केन्द्रित छ भने इन्डोनेशियाको उत्पादन भारी वर्षाले प्रभावित बनाएको छ।

नजिकैको मङ्गोलियाले सडक यातायातमार्फत आपूर्ति क्षमताको अभाव व्यहोरिरहेको छ।

चीनमा बिजुली गइरहँदा यूकेका पेट्रोल स्टेशनहरूमा इन्धनको अभाव देखा परिरहेको छ।

साथै युरोपेली बजारमा ऊर्जाको महसुल बढीरहेको छ र कच्चा तेल, प्राकृतिक ग्यास र कोइलाको मूल्य थोक बजारमा बढीरहेको छ।

तर यसलाई ध्यान दिएर विश्वमा ऊर्जा सङ्कट देखा परिरहेको छ भन्न मिल्दैन।

ठाउँ अनुसार अलग्गै अवस्थाहरू भएका कारण यस्तो भएका छन्। उदाहरणका लागि यूकेमा ट्याङ्कर चालकहरूको अभावले गर्दा इन्धन पाउन नसकिने भन्दै सवारीचालकहरूको भिड पेट्रोल पम्पमा जम्मा हुँदा अभाव देखा परेको हो।

कतिपय स्थानीय कारणहरूले गर्दा युरोपमा ऊर्जाको महसुल बढेको हो।

प्राकृतिक ग्यासको भण्डार कम हुनु, वायु ऊर्जा केन्द्रका उत्पादन घट्नु र निर्माण कार्य जारी रहेकाले उत्पादनका काम रोकिनुलाई मूख्य कारण मानिएको छ। बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x