चिनसंग जोडिएका गाउँहरूमा पूर्वाधार सुदृढ बनाउदै भारत
नयाँ दिल्ली ( पीटीआई ) । वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार लोकसभामा बजेट प्रस्तुत गरेकी छन । बजेटमा उनले चीनसँग सीमा जोडिएका गाउँहरूमा पूर्वाधार सुदृढ गर्ने योजना घोषणा गरेका छन् ।
यो कदम चाल्नुपर्ने कारण चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी) को छेउमा सुरक्षा प्रतिष्ठानहरूले चिन्ता व्यक्त गरेको क्षेत्रमा गाउँहरू स्थापना गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
आफ्नो बजेट भाषणमा, सीतारामनले भनिन्, ‘सीमित जडान र पूर्वाधारको अभावको कारण विरलै जनसंख्या भएका सीमाना गाउँहरू प्रायः विकासका फाइदाहरूबाट वञ्चित हुन्छन् । उत्तरी सीमानाका यस्ता गाउँलाई नयाँ भाइब्रेन्ट गाउँ कार्यक्रम अन्तर्गत समेटिनेछ ।’
उनका अनुसार यी गतिविधिहरूमा गाउँमा पूर्वाधार निर्माण, आवास, पर्यटन केन्द्र, सडक सञ्जाल, विकेन्द्रीकृत नवीकरणीय ऊर्जाको व्यवस्था, दूरदर्शन र शैक्षिक च्यानलहरूमा घरदैलोको पहुँच र जीविकोपार्जनका लागि सहयोग समावेश हुनेछ ।
यो वर्ष अर्थमन्त्री निर्मला सीतारमणले रक्षा बजेट ४७ हजार करोडले बढाएर रक्षा क्षेत्रमा आत्मनिर्भरता तर्फ द्रुत गतिमा अघि बढ्ने संकेत गरेकी छन । तीनै सेवाका सैन्य उपकरणमा आत्मनिर्भर भारतलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्तरिक रक्षा उद्योगबाट खरिदका लागि पुँजीगत बजेट विनियोजन ६८ प्रतिशत पुर्याइएको छ ।


