भोलिकै प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने तयारी
काठमाडौं। बुधबार अर्थात् भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । एमसीसीबारे चर्चा चलिरहेका बेला एवं सरकारले पास गर्ने तयारी गरेका बेला भोलि एमसीसी टेबुल गर्ने प्रयास हुनसक्ने ठानिएको छ ।
नेपाली काँग्रेस समेत एमसीसी टेबुल गरेर पारित गरिहाल्ने पक्षमा रहेका बेला भोलि यस्तो सम्भावना रहनसक्ने ठानिएको हो ।
नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा रहेको संकेत गरे पनि नेकपा एकीकृत समाजवादी पार्टी र माधव नेपालले भने देउवासँग समन्वयकारी भूमिका निभाउन सक्ने बताइएको छ ।
यद्यपि, एमसीसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटाको भूमिका महत्वपूर्ण हुने भएका कारण उनी टेबुल गर्ने पक्षमा देखिएका छैनन्। तथापी, रातभरको गृहकार्यले एमसीसीबारे सत्ता गठबन्धनमा बिशेष निर्णय हुनसक्ने अनुमान गरिएको छ ।
एमसीसीबारे सहमति बनाउन गृहमन्त्री बालकृष्ण खाँड, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू सक्रिय छन् । यस कारण गठबन्धन मिलेमा एमसीसी टेबुल हुनसक्ने सम्भावना देखिएको छ ।


