राप्ती सोनारीको दशौं गाउँसभा सुरु, पाँच वटा विधेयक पेश
बाँकेको राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ। सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ। गाउँपालिकाले भूमि, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरिएको हो। गाउँपालिकाका विधायन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त विधेयकहरु पेश गरेका हुन्।
सभामा पेश गरिएका विधेयकहरू अध्ययन गर्नका लागि सभामा उपस्थित सदस्यहरुलाई वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समीक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए।
गाउँपालिका जारी गरेको प्रेस बिज्ञप्ति राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ । सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाले भुमी, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरेको हो ।
गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त विधेयकहरु पेश गर्नु भएको थियो । सभामा पेश गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सभामा उपस्थित हुनु भएका सदस्यहरुलाई वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समिक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको थियो ।
सभाका सदस्यहरु तथा राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओली, वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारु, वडा नम्बर १ का वडासदस्यद्धय रुद्रमणि ढकाल र टिकाराम बस्नेतले आफ्नो धारणा राख्नु भएको थियो । उक्त सभामा उठेका प्रश्न र जिज्ञासाको सभाध्यक्ष थारुले जवाफ दिनु भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडाअध्यक्ष, वडासदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । उक्त सभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित भएको छ ।


