१३ मंसिर २०८३, शनिबार

लागूऔषध मुद्दाका फरार प्रतिवादी  पक्राउ

एसीपी संवाददाता

२८ माघ २०७८, शुक्रबार १५:०६ मा प्रकाशित

नेपालगञ्ज । बाँके प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई  पक्राउ गरेको छ । गएराती पौने ९ बजे चन्दननाथ ५ जुम्ला बस्ने २५ बर्षीय राजेन्द्र सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लागूऔषध कारोबार मुद्दामा बाँके जिल्ला अदालतको गत चैत २५ गतेको फैसलाले २ बर्ष २ महिना २७ दिन कैद र २५०० सय रुपैयाँ जरिवाना तोकिएका सुनार फरार थिए ।  उनी खजुरा ६ सिमलघारीमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी नियन्त्रणमा लिएको हो ।

सुनारलाई बाँके जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x