तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वस्त हुन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग पनि सम्वाद कायमै राखेका छन् ।
एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धन तयार नभएपछि कांग्रेस सभापति समेत रहेका देउवा बिहीबार मात्र प्रमुख विपक्षी नेकपा एमालेका नेताहरुसँग दुई पटक छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका नेताहरुले पनि सम्वाद गरेका थिए, तर एमाले नेतृत्वको प्राथमिकतामा पनि कांग्रेस परेको छ ।
कांग्रेस र एमाले सहमतितर्फ उन्मुख देखिएपछि माओवादी केन्द्रले शुक्रबार पूर्व स्थायी कमिटी सदस्यहरको बैठक राखेर गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । तर नेताहरुले त्यसअघि नै एमसीसी अनुमोदन हुने, गठबन्धन पनि जोगिने गरी जान सकिने सन्देश प्रधानमन्त्री देउवासम्म पुर्याएका थिए । पार्टीको बैठक सकेर प्रचण्ड बालुवाटार पुग्नुअघि नै प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरे । लगत्तै पार्टीका नेताहरुलाई बालुवाटार बोलाएका थिए । अनलाइनल्क्खवर


