१२ आश्विन २०८३, सोमबार

चीनमा फेरी कोरोना संक्रमण फर्किदै ९ दिने लकडाउन घोषणा

एसीपी संवाददाता

१४ चैत्र २०७८, सोमबार १०:४९ मा प्रकाशित

एजेन्सी – चिनमा कोभिड संक्रमण बढेपछि संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ ।  यो समाचार पनि पढ्नु होस –  चीनमा फेरि कोभीड १९ ओमिक्रोन फैलिदा ३ करोड मानिस प्रभावित

कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको  चिनियाँ समाचारले जनाएको छ ।

दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र पश्चिमतर्फ अप्रिल १ देखि ५ अप्रिलसम्म लागु हुनेछ ।

सो अवधिभर यातायात सेवा पूर्ण रुपमा बन्द रहनेछ भने कलकारखानाहरुमा भौतिक दुरी कायम गरी काम गर्नुपर्ने छ ।   यो समाचार पनि पढ्नु होस    चीनमा कोरोना भाइरस प्राकृतिकरूपमा उत्पन्न भएको व प्रयोगशालाबाट सत्यतथ्य पत्ता लाउन जरुरी

विश्वका अन्य देशहरुमा ओमिक्रोन भेरियन्ट केही हदसम्म नियन्त्रणमा आए पनि चीनमा पछिल्लो समय संक्रमण नियन्त्रणमा आउन सकेको छैन । उनीहरुका अनुसार लकडाउनको अवधिभर कोरोना नियन्त्रणमा नआए लकडाउनको अवधि पुनः बढाइनेछ । अहिले चिनमा उत्पादन भएको सिनोभ्याक सहितका खोप ओमिक्रोन संक्रमण रोक्न असफल भएको छ । सिनोभ्याकको दुई डोज लगाए पनि संक्रमण रोक्न नसकेको बताईएको छ ।  यो समाचार पनि पढ्नु होस       चीनको कोरोना भ्याक्सिन बेकार ! लाखौं डोज लगाएर पनि लकडाउन गर्न बाध्य

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x