चिनियाँ चलखेलमै नेपाली राजनीति
सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच आज छलफल भएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार आज उनीहरुबीच श्रव्यदृश्यका माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो । यो समाचार पढ्नु होला चिनियाँ राजदूत यान्छीको असफलता नै असफलता: ‘आफू अनुकूल सत्ता खोज्दा उल्टै फस्यो, भुइँको टिप्न खोज्दा पोल्टाको खस्यो’
दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो । सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए। यो समाचार पढ्नु होला चीनियाँ नाकाबन्दीले मजदुरको बिचल्ली, चुल्हो बाल्न धौ–धौ (भिडियो सहित)
यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गरेका थिए । छलफलमा सङ्घीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो ।


