१९ आश्विन २०८३, सोमबार
ताजा पृथ्वीराजमार्गमा भासिएको सडक एकतर्फीमात्रै सञ्चालन हुने
काठमाण्डौ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपरेको छ । मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा सडक खन्दा विभिन्न ठाउँमा सडक हिलाम्मे भएपछि सवारी फस्ने गरेका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।
उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।
Subscribe
Login
0 Comments


