४ असार २०८३, बिहीबार

माधव नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

एसीपी संवाददाता

१८ असार २०७९, शनिबार २०:५३ मा प्रकाशित

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

 

काठमाडौंको कोटेश्वरस्थित निवासमा उनीहरुबीच नेपाल-भारत सम्बन्धनका विविध पक्षमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएको बताए।

‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज बेलुकी शिष्टाचार भेटका निम्ति निजी निवास कोटेश्वरमा आउनुभयो। उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो। भेटमा नेपाल भारत-सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो,’ उनले फेसबुकमा लेखेका छन्।

राजदूत श्रीवास्तवले शुक्रबारमात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x