हनुमान ‘ भन्दा बित्तिकै एउटा यस्तो छवि आएर मन मस्तिष्कमा विराजमान हुन्छ- कैलाश प्रवीण
कैलाश प्रवीण- आज चाहीं हाम्रा मुलुकका अद्वितीय युवारत्नहरु संग समय व्यतीत गरेका फुटाहरुनै post गर्न मन लाग्यो हजुर !!
‘ हनुमान ‘ भन्दा बित्तिकै एउटा यस्तो छवि आएर मन मस्तिष्कमा विराजमान हुन्छ ! जो पावन छ पवित्र छ शक्तिशाली छ बलशाली छ भीमकाय छ अष्टचिरंजीवी छ अद्भुत छ अकल्पनीय छ अविश्वसनीय छ संकटमोचक छ स्वामीभक्त छ निर्भिक छ निर्लोभ छ निस्कपट छ निश्कलंकीत छ राम भक्तिमा निर्लिप्त छ वरदानी छ सर्वव्यापी छ सर्वसुलभ छ स्वाभीमानी छ बज्रवदन छ पूजनीय छ वंदनीय छ मासूम छ भोला छ आवश्यक परे रौद्ररूपी पनि छ ! अरुपनि आदि इत्यादि नामालूम के के छ के के हजुर !
तर यी सबै हाम्रा पौराणिक कालका नितांत सुखद पक्षहरु हुन गर्विला पक्षहरु हुन जसलाई बारंबार याद गर्न लगाएर हाम्रा पूज्य पूज्याहरुले हामीलाई ठीक त्यस्तै बन्नलाई उत्प्रेरित गरिराख्नु हुन्छ हजुर अभिप्रेरित गरिराख्नु हुन्छ !
तर हाम्रा दुर्भाग्य र विडम्बना फेरी कस्ता हनुमान त हनुमान कहाँ ती मानवकल्याणकालागी सत्यकालागी धर्मरक्षाकालागी पापनाशक महाबलशाली हनुमान भनेर हामी सनातनीहरुका घर घरका परमपूज्य ‘ हनुमान ‘ !!
कहाँ यसयुगी धूर्त मानवले आफ्नो र आफ्ना केही सिमीत ल्याङ्ग्रा ल्याङ्ग्रीहरुलाई मालामाल बनाउनकै लागी भनेर पालेका कलिजुगे धुंधकारी अधर्मी अविवेकी हनुमान !!
आफ्नो परमस्वार्थी परम अघोरी परम लालची परमदुराचारी मालिक ले ए हनुमान आज यति द्रव्य खा भने खाइदिने ! आज यति राज्यकोष साफ पार भने साफ पार्दिने ! आज यसको जागीर खाइदे भने खाइदिने ! आज त्यस्लाई धूलोपीठो पारेर कूटेर आइज भने हाथ खुट्टै भाँचेर आइदिने ! लौ आज बाट यो अर्थमंत्री को कुर्सी तेरै भो जा गएर जमेर बस भने बस्दिने ! लौ आजबाट गृहमंत्रालय तेरै हो जा गएर सकेजति लूटपाट मचाएर आ भने मचाइदिने ! कुर्सी दिएकोछ असिमित अधिकार दिएको छ ! लालच र व्यभिचारका अंतहीन आदेश पर्दा पछाडी बाट दिएको छ ! कलिजुगे मालिकभक्त हनुमान ले यंत्रमानव जस्तै जे जे भन्यो त्यै त्यै गरिराछ !
खै विवेक खै समवेदना खै दया खै मायाँ खै जिम्मेदारी खै देशप्रेम खै जनताका संवैधानिक सर्वोच्चता खै मानवताका न्यूनतम मूल्य र मान्यतहरु ? खै ? खै ? हात्ती आयो हात्ती आयो फूस्सा !! खै तथाकथित छुट्टै धातुले बनेको पार्टिका विशेषता र विशिष्टता खै ? खै ? हात्ती आयो हात्ती आयो सबै फूस्सा !!
‘ वास्तविक हनुमान ‘ बन्न पाउनु त हामी साधारण मानवकालागी परमसौभाग्य कुरा हो ! तर यस्तो सर्वनाशी हनुमान त कुनै श्रापित मानव मात्र बन्न सक्छ !
यस अघीका कति कति हनुमानहरु त यस अघीनै कति कति विवादित काण्डमा फसेर ठण्डा परेर बस्याछन ! कति त्यसै दिशा तर्फ द्रूततर गतिमा दौडिरहेकाछन ! द्रव्य मात्रै सबैथोक हुने भए दुनियांमा , गाँधी मंडेला माओ लेनीन मार्क्स पुष्पलाल बि.पी. गणेशमान किशुन जी मनमोहन मदन भण्डारी र स्वामी विवेकानंदहरु जस्ता युगपुरूषहरुको जन्मनै किन हुन्थ्यो ? अब त अत्तिनै भएन र यो कलिजुगे हनुमान बन्ने होड़ पनि ?
जो ना समझा वो अभागा है !
काश चेतना भयायायायायायायायाया


