१ आश्विन २०८३, बिहीबार

किरानादेखि हार्डवेयर पसलमा भारतीय मल, किसानलाई सास्ती व्यापारी मालामाल

एसीपी संवाददाता

१ श्रावण २०७९, आईतवार २०:१६ मा प्रकाशित

कपिलवस्तु –कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा निर्वाध मल तस्करी भइरहेकाे छ ।जिल्लाकाे कृष्णनगरको बहादुरगंज ,बिजयनगर गाउंपालिका र महराजगंज नगरपालिकाका केही स्थानमा किराना पसलदेखि लिएर हर्डवेयर तथा व्यवसाय नई नभएकाे काेठा सटरमा भारतबाट तस्करी गरि ल्याइएका युरिया छ्यापछ्यपी बिक्रि भैरहेकाे छ ।
कपिलवस्तुको वाणगंगा पश्चिम नेपाल-भारतको सिमा नजिकैका महाराजगंज, कृष्णनगर तथा विजयनगर नाका हुदै मल तस्करी भै रहेको स्राेतले बताएकाे छ ।

स्थानीय किसानले समयमा मल नपाउनु तथा तस्करी भै आएका मल जिल्ला बाहिर का व्यापारी लाई चर्को दाममा बेचिनु आफैमा गम्भीर प्रश्न खडा भैएको छ । तस्करी भै आएका मल जिल्लाको बहादुरगंज तथा महाराजगंज लगायत अन्य ठांउबाट चर्को दाममा बेचेर व्यापारी हरूको रजाई भैएको तथा सम्बन्धित  निकायको ध्यान नजानु तथा सम्बन्धित  निकायको मिलिभगत हुन सक्ने समेत नाम न बताउने सर्तमा एक जना बहादुरगंजका स्थानीय ले बताएका छन् l

एकातिर किसान लाई चाहिने बेलामा मलखाद उपल्ब्धता नहुनु तथा भारतबाट तस्करी भै आएका मल किसानले चर्को दाममा कानेर खेतमा हाल्ने अवस्था रहेको एक  किसानले बताए l

तस्करको रजाई आम जनताको दुखाई सिमानाकामा पुरानै उखान चल्दै आएको तथा सम्बन्धित  निकायको यथासिघ्र ध्यान गएन भने किसानको बहानामा मल तस्करी अझ व्यापक रूपमा हुन सक्ने स्थानीयले आकलन गरेका छन् l

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x