१० आश्विन २०८३, शनिबार

बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा

एसीपी संवाददाता

६ भाद्र २०७९, सोमबार ०५:१५ मा प्रकाशित

नेपालगञ्ज : खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो ।

बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए । तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिनमा पौने दुई करोडका लगानीमा कारागारको संरचना निर्माण भएको जनाइएको छ ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खुला कारागार सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x