४ असार २०८३, बिहीबार

काठमाडौंमा एक्कासि किन भयो कर्फ्यु जस्तो महौल , जनजीवन कष्टकर

एसीपी संवाददाता

२९ भाद्र २०७९, बुधबार ११:०० मा प्रकाशित

काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ ।यो समाचार पनि पढ्नु होला –   चिनियाँ जनकंग्रेस अध्यक्षका कारण आज पनि काठमाडौंका सडक प्रभावित हुने

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना नै निकालेर बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ ।  चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भ्रमण बिवादै बिवाद  ले भरिने भएको छ ।                                                 यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ ।  सूचनामा सवारी आवागमन प्रभावित हुनुको कारण भने खुलाइएको छैन । सूचनामा ‘विशेष कारणबश’ मात्र लेखिएको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x