३१ भाद्र २०८३, बुधबार

नेपाली रंगमंचको विस्तारप्रति खुसी छु, दयाहाङ मेरा प्रिय अभिनेता : सबाना आजमी

एसीपी संवाददाता

११ मंसिर २०७९, आईतवार १०:४१ मा प्रकाशित

काठमाडौं । भारतीय समानान्तर फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी यतिबेला नेपाली राजधानीमा छिन् । दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आइपुगेकी उनी शनिबार एक संक्षिप्त पत्रकार सम्मेलनमा प्रस्तुत भइन् ।

मुम्बइको गर्मीबाट काठमाडौंको चिसोमा आइपुगेकी आजमी तापक्रम असन्तुलनले केही अस्वस्थ देखिइन् । त्यसको बाबजुद पनि उनले नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गर्न भ्याइन् ।

दोस्रोपटक नेपाल आइपुगेकी आजमीले नेपालसँग कला संस्कृतिको लामो इतिहास रहेको बताउँदै त्यसलाई आफूले महसुस गरेको बताइन् । ‘नेपालको कला संस्कृतिको म सदैव प्रशंसक हुँ । म यसलाई महसुस गर्छु । नेपाल साँच्चिकै संस्कृति र कलामा धनी छ,’ उनले भनिन् ।

नेपाली रंगमञ्च विस्तार भएको देख्दा आफू खुसी भएको उनले बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x