११ कार्तिक २०८३, मंगलवार

मधेस प्रदेशमा दोहोरिने घटे, नयाँ अनुहार बढे

एसीपी संवाददाता

२० मंसिर २०७९, मंगलवार ००:५३ मा प्रकाशित

मधेस प्रदेश सभामा ३ मन्त्री, १ राज्यमन्त्री र ३ पूर्वमन्त्रीसहित ७ जना मन्त्रीहरू पराजित भएका छन् । पुरानातर्फ ५३ जनाले उम्मेदवारी दिएकोमा २३ जना मात्रै दोहोरिएका छन् भने ४१ जना नयाँ अनुहारले अवसर पाएका छन् । पुराना सदस्य घटनुको पछाडि तिनीहरुको कार्यशैली प्रमुख कारण रहेको राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुभयो ।

कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले चुनावी मोर्चा निर्माणपछि जसपा र एमालेको निर्णयलाई क्षेत्रगतरुपमा लागू गर्न नसक्दा राम्रो नतिजा नआएको दाबी गर्नुभयो ।

प्रदेश सभा सदस्यमा निर्वाचित भएको नयाँ अनुहारमा सप्तरी १ (क) बाट नेकपा एमालेका राजकुमार लेखी, सप्तरी १ (ख) बाट जनमत पार्टीका सकिय मिया, सप्तरी २ (क) बाट जनमतका सतिशकुमार सिंह, सप्तरी २ (ख) बाट जनमतका महेशप्रसाद यादव, सप्तरी ३ (क) बाट नेपाली कांग्रेसका मोहम्मद समीम, सप्तरी ३ (ख) बाट जनमत पार्टीका शम्भुकुमार साह, सप्तरी ४ (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह, सिरहा १ (क) बाट एमालेका राजेन्द्रप्रसाद चौधरी, सिरहा १ (ख) बाट जसपाका राजकुमार गुप्ता, सिरहा २ (क) बाट जनमतका सञ्जयकुमार यादव, सिरहा २ (ख) बाट एमालेका शत्रुधनप्रसाद सिंह, सिरहा ३ (क) बाट एमालेका मनोजकुमार सिंहलगायत छन् ।

यसैगरी सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह, सिरहा ४ (ख) बाट लोसपाका रामबाबु यादव, धनुषा १ (क) बाट कांग्रेसका सञ्जयकुमार महतो, धनुषा २ (क) बाट एमालेका लखन दास, धनुषा ३ (ख) बाट एमालेका दिपेन्द्रकुमार ठाकुर, धनुषा ४ (क) बाट कांग्रेसका शेषनारायण यादव, महोत्तरी ४ (क) बाट एमालेका सरोजकुमार यादव, सर्लाही २ (क) बाट कांग्रेसका जङ्गीलाल राय, सर्लाही २ (ख) बाट कांग्रेसका कौशल किशोर राय, सर्लाही ३ (क) बाट स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा, सर्लाही ४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतो, रौतहट १ (क) बाट कांग्रेसका नागेन्द्र साह, रौतहट १ (ख) बाट कांग्रेसका कृष्णप्रसाद यादव र रौतहट २ (क) बाट एमालेका मो. जैद आलम पनि प्रदेश सभामा अवसर पाएका छन् ।

रौतहट २ (ख) बाट नेकपा एसका कनिष पटेल, रौतहट ३ (क) बाट स्वतन्त्र उम्मेदवार केशव राय, रौतहट ३ (ख) बाट कांग्रेसका सुनिलकुमार यादव, रौतहट ४ (क) बाट माओवादी केन्द्रका युवराज भट्टराई, बारा १ (क) बाट एमालेका त्रिलोकीप्रसाद, बारा २ (क) बाट स्वतन्त्र उम्मेदवार शारदा शंकरप्रसाद कलवार, बारा ३ (क) बाट एमालेका रविन्द्र दास श्रेष्ठ, बारा ३ (ख) बाट एमालेका महम्मद समीर, बारा ४ (क) बाट एमालेका देवनारायण थारु, पर्सा १ (क) बाट माओवादी केन्द्रका रहबर अंसारी, पर्सा २ (क) बाट कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल, पर्सा ३ (ख) बाट कांग्रेसका जनार्दन सिंह क्षेत्री र पर्सा ४ (क) बाट कांग्रेसका शंकरप्रसाद चौधरी, धनुषा ४ (२) बाट एमालेका उम्मेदवार हरिनारायण यादव नयाँ अनुहारले प्रदेश सभामा निर्वाचित भएका छन् ।

प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्वमन्त्रीहरू रामनरेश राय, ज्ञानेन्द्र यादव, सुरेश मण्डल र पूर्व मुख्य न्यायधिवक्ता दिपेन्द्र झालगायत पराजित भएका छन् ।

सप्तरी २ (१) बाट अर्थमन्त्री शैलेन्द्र साह जनमतका सतिशकुमार सिंहसँग ८ हजारभन्दा बढी मतले पराजित हुनुभएकाे छ भने कृषि मन्त्री विजय यादव सिरहा २ (१) बाट जनमतकै सञ्जयकुमार यादवसँग र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो धनुषा ४ (२) बाट एमाले नेता एवं मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोसँग पराजित हुनुभएकाे छ ।

रौतहट १ (२) बाट लडेका राज्यमन्त्री योगेन्द्र राय यादवलाई करिब ७ हजार मतान्तरले कांग्रेसका कृष्णप्रसाद यादवले पराजित हुनुभएको छ । उहाँले ५ हजार ७२९ मत ल्याई तेश्रो स्थान पाउनुभएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरी ११ हजार ४ सय मत ल्याएर प्रतिस्पर्धी बन्नुभएको छ।

पूर्वमन्त्री रामनरेश यादव गठबन्धनका कारण जसपाबाट टिकट नपाएपछि सर्लाही २ (१) बाट स्वतन्त्रमा उम्मेदवारी दिएर कांग्रेसका जंगीलाल रायसँग पराजित हुनुभएको छ ।

पूर्वमन्त्रीहरूमा धनुषा ४ (१) बाट ज्ञानेन्द्र यादव कांग्रेसका शेषनारायण यादवसँग पराजित हुनुभएको छ । लोसपाका प्रमुख सचेतक परमेश्वर साह धनुषा ३ (२) मा एमालेका दिपेन्द्र ठाकुरसँग र जसपाका प्रमुख सचेतक शैलेन्द्र यादव एमालेका लखन दाससँग हारेका छन् ।

दोस्रो कार्यकालका लागि मन्त्रीहरूमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कानुन मन्त्री प्रमोद यादव, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, पूर्वमन्त्रीहरू जितेन्द्र सोनल, अभिराम शर्मा, सरोज सिंह कुशवाहासहित दोहोरिएका छन् भने सामाजिक विकास मन्त्री नवलकिशोर साह प्रतिनिधि सभामा अवसर पाएका छन् ।

दोहोरिने प्रदेश सभा सदस्यहरूमा सप्तरी ४ (क) बाट नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने, सिरहा ३ (ख) बाट नेकपा एसका प्रमोदकुमार यादव, धनुषा १ (ख) बाट नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा २ (ख) बाट जसपाका रामअशिष यादव, धनुषा ३ (क) बाट नेपाली कांग्रेसका रामसरोज यादव, महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी १ (ख) बाट नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह, महोत्तरी २ (क) बाट लोसपाका जयनुल राइन, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साहलगायत छन् ।

महोत्तरी ३ (क) बाट लोसपाका अभिराम शर्मा, महोत्तरी ३ (ख) बाट लोसपाकी रानीकुमारी तिवारी, महोत्तरी ४ (ख) बाट जसपाका सरोजकुमार सिंह, सर्लाही १ (क) बाट लोसपाका उपेन्द्र महतो, सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली, सर्लाही ३ (ख) बाट जसपाका सञ्जयकुमार यादव, सर्लाही ४ (क) बाट कांग्रेसका वीरेन्द्रकुमार सिंह, रौतहट ४ (ख) बाट जसपाका शेख अबुकलाम अजाद, बारा १ (ख) बाट जसपाका सरोजकुमार यादव, बारा २ (ख) बाट जसपाका बच्चा राउत अहिर, बारा ४ (ख) बाट लोसपाका जितेन्द्र सोनल, पर्सा १ (ख) बाट जसपाका लालबाबु राउत, पर्सा २ (ख) बाट लोसपाका रमेशप्रसाद कुर्मी र पर्सा ४ (ख) बाट जसपाका सिंगासन साह कलवार पनि निर्वाचित भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x