७ बैशाख २०८१, शुक्रबार

मोडल एंव निर्देशक अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा

एसीपी संवाददाता

१० पुष २०७९, आईतवार १५:३५ मा प्रकाशित

काठमाडौँ । मोडल एंव निर्देशक अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा आएको छ । आनभी प्रोडक्सनको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजानिक गरिएको हो । 

उक्त गीतलाई वरिष्ठ गायक एंव संगीतकार विश्व दोङले शब्द रचना, संगीत, संगीत संयोजन र गाएका हुन भने फिमेल भोकलमा सुमिना लोले साथ दिएकी छन । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरेका हुन । मोडल एंव निर्देशक अभी लामा, अनिता गोले,प्रेम थिङ, रोहनी लामा र कुइसाङ रुम्बा(अतिथी कलाकार) को अभिनय समेटिएको म्युजिक भिडियोलाई उनै मोडल एंव निर्देशक अभी लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन ।    https://youtu.be/kayAktcBgfA

विशाल थापा र सजित के घिसिङले छायांकन,फराज अर्पणले सम्पादन, सजित के घिसिङले ड्रोन छायांकन गरेको म्युजिक भिडियोलाई ९ वटा अडियो प्लेटफर्मबाट पनि सार्वजानिक गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x