३१ भाद्र २०८३, बुधबार

डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’

एसीपी संवाददाता

१० पुष २०७९, आईतवार १५:५३ मा प्रकाशित

काठमाडौ । चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ । काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनविच मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।  गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन भने प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ । 

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ  । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन ।  गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको सुन्दर नृत्य छ । करिब दुइबर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन् । https://youtu.be/xD85OejZg28

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x