३१ भाद्र २०८३, बुधबार

गायिका मेलिनाको आवाजमा सन्देश लामाको शब्द रहेको ‘ए हजुर’ बजारमा

एसीपी संवाददाता

१४ पुष २०७९, बिहीबार १९:५१ मा प्रकाशित

काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’ बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । 

सत्य नारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन । गोविन्द सोनिले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई शिशिर अर्यालले निर्देशन र कलर, उत्सव पौडेलले सहायक निर्देशन, समर्पण रेग्मीले छायांकन, मिलन थापाले सहायक छायांकन, अर्जुन खडकाले सम्पादन गरेका हुन भने भिडियोमा आकृति लम्साल र सागर ढकालको अभिनय रहेको छ ।
https://youtu.be/HzN2J9wdv2I

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x