१० कार्तिक २०८३, सोमबार

अस्ट्रेलियाले ‘मेड इन चाइना’ क्यामरा हटाउने

एसीपी संवाददाता

२८ माघ २०७९, शनिबार १२:३७ मा प्रकाशित

उनले भनेका थिए, ‘यो एउटा महत्त्वपूर्ण तथ्य हो जुन सार्वजनिक भएको छ र हामी यसबारे काम गरिरहेका छौँ । हामी निगरानी प्रविधिको समीक्षा गर्नेछौँ र हाम्रा ठाउँहरू पूर्ण रूपमा सुरक्षित छन् भनेर सुनिश्चित गर्नेछौँ ।’

पत्रकार सम्मेलनमा, समाचार एजेन्सी एएफपीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङलाई अस्ट्रेलियाली रक्षा मन्त्रीको भनाइप्रति प्रतिक्रिया दिन आग्रह गरेको थियो र अस्ट्रेलिया सरकारको यो कदमले सेक्युरिटी क्यामरा बनाउने हिकविजन र दाहुआजस्ता चिनियाँ कम्पनी प्रभावित हुने बताइएको थियो ।

chineseहालै एउटा अडिट रिपोर्ट सार्वजनिक भएको थियो जस अनुसार २५० भन्दा बढी सरकारी भवनमा कम्तीमा चीनमा बनेको सेक्युरिटी क्यामरा राखिएका छन् । यी भवनमा रक्षा मन्त्रालय, विदेश मन्त्रालय, अर्थ मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय समावेश छन् ।

समाचार एजेन्सी निक्केई एसियाका अनुसार अघिल्लो वर्ष नोभेम्बरमा बेलायती सरकारले सबै सरकारी विभागसँग राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै संवेदनशील स्थानमा चीनसँग सम्बन्धित सर्भिलान्स क्यामरा नलगाउन भनेको थियो ।

यसअघि अमेरिकाले पनि सुरक्षाको कुरा उठाउँदै केही चिनियाँ कम्पनीको उपकरणको प्रयोगमा रोक लगाएको छ । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x