१० कार्तिक २०८३, सोमबार

टिकटकबाट नेपाली समाजमा नकारात्मक प्रभाव, नेपालमा टिकटक प्रतिबन्ध लगाउनुपर्ने आवश्यक्ता

एसीपी संवाददाता

१ बैशाख २०८०, शुक्रबार १२:२५ मा प्रकाशित

विश्व प्रख्यात चिनियाँ एप टिकटकबाट समाजिक मूल्य मान्यतालाई धज्जी उडाउदै अश्लील भिडियोहरु अपलोड गर्नेहरुको ठूलो जमात सक्रिय रहेको हुँदा नेपालमा पनि टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने आवश्यक्ता देखिन्छ ।
कलिलो कलिलो युवायुवतीहरुलाई विकृत मानसिकतामा विछिप्त बनाउने खालका सन्देशहरुको प्रवाह भईरहेको, अश्लील भिडियो बनाएर पोष्ट गरिने, बढि पैसा कमाउने लोभमा फ्लोअर बढाउन अश्लील भिडियोहरु पोष्ट हुनु, युवा पिढि कुलतमा फस्दै गएको हुँदा त्यस्ता कार्यहरुको नियन्त्रण गर्न नेपालमा कुनै निकाय नभएको हुँदा टिकटकलाई नेपालमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने आवाज विस्तारै विस्तारै उठ्न थालेका छन् ।
समाजिक संजाल भरी टिकटकमा अपलोड भएका अश्लील, भलगर, समाजलाई विगार्न जस्ता गितहरुबाट युवा पुस्ताहरु दलदलमा भाँसिदै गएकोमा नेपाल सरकारले बेलैमा ध्यान पुर्याई यस्ता किसिमका एपहरुलाई बन्द गरी युवा पुस्ताहरुको जीवनलाई सुरक्षित बनाउने तर्फ यथोचित ठोस कदम उठाउनु आवश्यक रहेका छन् । विश्वका शक्तिशाली देशहरु अमेरिका, वेलायत, अष्ट्रेलिया, भारत लगायतका देशहरु टिकटकलाई प्रतिबन्ध लगाइसकेका छन् भने नेपालले पनि प्रतिबन्ध लगाएर देशको आन्तरिक सुरक्षालाई सबल बनाउनुपर्नेमा स्थानीय समाजसेवी श्यामचन्द्र झाले जोड दिए ।
टिकटकमा गाउँका युवतीको अश्लील भिडियो अपलोड गरेको कारण दुई दिन अघि सप्तरी जिल्लाका राजविराजमा प्रहरीले जसपा नेतालाई कुटपिट गर्दा चर्को विवाद भए । तर त्यसको बास्तविकता बुझ्दा टिकटकमा अश्लील भिडियो अपलोड गर्ने पिडकको पक्षमा जाने नेताले प्रहरीको तारो बन्यो । यी उदाहरण मात्रै रहेको छ, नेपालबाट टिकटकलाई बन्द गरेर अश्लील हर्कतबाट जोगाउनुपर्ने आजको आवश्यक्ता रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x