३१ जेष्ठ २०८१, बिहीबार

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो,

एसीपी संवाददाता

२४ बैशाख २०८०, आईतवार ०९:३१ मा प्रकाशित

इस्लामावाद । स्टेट बैंक अफ पाकिस्तान (एसबिपी)ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ।

गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबिपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब पाँच अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ। एसबिपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।

पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ। जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x