१० कार्तिक २०८३, सोमबार

चीनियाँ टिकटकले यसरी लियो आफनै नागरिकको ज्यान

एसीपी संवाददाता

१४ जेष्ठ २०८०, आईतवार १६:०६ मा प्रकाशित

चीनको सामाजिक सञ्जाल एप्लिकेशन ‘टिकटक’ मान्छेको मृत्युको कारण बन्न थालेको छ। टिकटकमा भाईरल हुने नाममा विभिन्न खाले प्रतिस्पर्धा हुने गरेका छन्, जसका कारण धेरै जनाले ज्यान गुमाउनु परिरहेको छ।

टिकटक लाइभमा यस्ता अनेक प्रतियोगिता हुने गरेका छन्। जसमा प्रयोगकर्ताहरूबीच विभिन्न विषयमा प्रतिस्पर्धा हुन्छ। सामान्यतया यस्तो प्रतिस्पर्धामा जित्ने व्यक्तिलाई अन्य युजर्सले ‘गिफ्ट’ दिने गर्छन्।

चीनमा अहिले यस्तै एउटा प्रतिस्र्धाका कारण एक ३४ वर्षिय युवकले ज्यान गुमाएका छन् । टिकटकमा लाइभ बसेर कसले धेरै रक्सी पिउने भनी प्रतिस्पर्धा गर्ने क्रममा सेनगुइन नामका प्रयोगकर्ताको मृत्यु भएको जनाईएको छ।

१६ मेमा टिकटक लाइभमा वसेका उनी धेरै रक्सी पिएर लाइभ–स्ट्रिमिङ गरेको केही समयपछि उनको मृत्यु भएको हो। चिनियाँ रक्सी बैजु पिएको १२ घण्टाभित्र उनको मृत्यु भएको जनाईएको छ। चिकित्सकको रिपोर्टमा उनको शरीरमा ३० देखि ६० प्रतिशतसम्म अल्कोहलको मात्रा पाइएको छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x