१४ मंसिर २०८३, आईतवार

सुनिल शर्मा पक्राउप्रति एमालेको आपत्ति, माधव नेपाललाई भगाएको आरोप

एसीपी संवाददाता

२७ श्रावण २०८०, शनिबार ०७:२६ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेकोप्रति एमालेले आपत्ति जनाएको छ।

प्रतिनिधि सभामा सम्बोधन गर्दै एमाले सांसद ज्वालाकुमारी साहले शर्मा पक्राउ नियोजित भएको आरोप लगाइन्। उनले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका कारण नै शर्माको गिरफ्तारी नियोजित रुपमा गरिएको बताइन्।

यसैगरी शर्माले सुन प्रकरणमा उच्चस्तरीय संसदीय आयोगको माग गर्दा यो नियति भोग्नुपरेको उनले बताइन्।

एमाले सरकार हुँदा परराष्ट्रमन्त्री विमला पौड्यालको भ्रमणमा रोक लगाएको सरकारले ललितानिवास प्रकरणमा बयान दिनुपर्ने पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भगाइएको बताइन्।

शुक्रबार पनि एमालेले सदन चल्न दिएन। क्यानाडानेपाल 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x