नेतृत्व परिवर्तनका लागि मुस्लिम मतदाताहरु साझा प्रजातान्त्रिक समूहलाई साथ दिने
बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् ।
मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन ।

निर्वाचनको प्रचार प्रसार क्रममा मतदाताको घरदैलो पुग्दै गरेको साझा प्रजातान्त्रिक समूहलाई यस पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ । व्यवसायी बदरुद्दिन अन्सारीले अबको नेतृत्व साझा प्रजातान्त्रिकले पाउने भएकाले उनीहरुको साथ यसैलाई रहेको बताए ।

ललित कुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघको आसन्न निर्वाचन नजिकिए संगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ ।
प्रचारलाई तीब्र बनाएका अध्यक्ष पदका उम्मेदवार रौनियारले मुस्लिम मतदाताले आफुहरुको साथ रहेको बताएको बताएका छन । मुस्लिम समुदायको व्यक्तिले नेतृत्व गरिसकेको भन्दै मतदाताले यस पटक परिवर्तनका लागि नेतृत्व हुने बताएको उम्मेदवार रौनियारले जनाए ।


