१८ असार २०८३, बिहीबार
भारतको दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस गुड्यो
भारतको राजधानी नयाँ दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गरेका छन्।
फ्युल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ।
डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरुको तुलनामा यो पर्यावरण अनुकुलन हुने विश्वास छ।
यस वर्षको अन्त्यसम्ममा दिल्लीमा १५ वटा यस्ता बस सञ्चालन हुने अपेक्षा गरिएको छ।
Subscribe
Login
0 Comments


