२१ श्रावण २०८३, बिहीबार

नेपालगन्जमा जय माँ ज्वाला शक्ति केंद्र स्पोर्ट क्लबद्वारा शस्त्र पुजा

एसीपी संवाददाता

७ कार्तिक २०८०, मंगलवार १३:४४ मा प्रकाशित

करण वाडिया  , नेपालगन्ज – नेपालगन्जमा आज देखि नेपालगन्ज उपमहानगरपालिकामा रहेको विभिन्न लाठी समितिले अस्त्र – शस्त्रको पुजा गर्न शुरु गरेका छ्न ।     आसन्न दुर्गा पुजाको अवसरमा सुरक्षा निकायको समन्वय र सहकार्यमा र्‍याली , मुर्ति बिसर्जन हुने भनी प्रहरी प्रशासनको निर्देशन बाट कडा सुरक्षामा सम्पन्न हुने छ ।  नेपालगन्जको अलग – अलग स्थानमा स्थापनगरेको प्रतिमा मुर्ति लाई भोलि बुधबार बिसर्जन गर्ने परम्परा अनुसार हुने र सो अवसरमा विभिन्न लाठी  क्ल्बले खेलको प्रदर्शन गर्ने छन । सोही अवसरमा जय माँ ज्वाला शक्ति केंद्र स्पोर्ट क्लब लाठी समिति द्वारा बागेवश्वरी मन्दिरमा अस्त्र शस्त्र को पूजा गरेको  छ ।  अध्यक्ष  गौरव कनोजिया  र सल्लाहकार  प्रवेश सिंह
प्रशिक्षक  सुरेन्द्र सिंह बाडिया  र अनिल वैश्यको निर्देशनमा र्‍याली सहित बागेश्वरी मन्दिर पुगी पुजा गरिएको पत्रकार रिसब सिंह वाडियाले जनाएका छ्न । 
भोली बिहान १० बजे देखी र्‍याली निकालने क्लबले जनाएको छ ।लाठी समितिहरुको यस पटक रुटको अनुसार आ आफ्नो स्थानमा मात्र र्‍याली गरेर लाठी प्रदर्शन गर्न पाउने प्रहरी प्रशासनको कडा निर्देशन रहेको छ ।जय माँ ज्वाला शक्ति केंद्र स्पोर्ट क्लब लाठी समितिले रानीतलाउ ,  त्रिभुवनचौक , तिवेणीमोड़ सम्म र्‍याली निकाल्ने क्लबले जनाएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x